MENU

गर्मी मौसममा स्प्राइटको रोमान्चक अफर

अन्नपूर्ण सोमवार, असार ५, २०७४ 623 पटक पढिएको

Share This

काठमाडौं : स्प्राइटले गर्मी मौसमलाई लक्षित गरेर आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । गर्मीमा धेरैभन्दा धेरै ग्राहकमाझ पुगेर रिफ्रेसमेन्ट दिन कोकाकोला नेपालले जेठ २७ गतेदेखि लागू भएर साउन १४ गेतसम्मका लागि नयाँ प्रोमो घोषणा गरेको हो ।

उक्त प्रोमोले हरेक घन्टा एक सामसुङ ग्यालेक्सी जे२ प्रोलगायत अन्य थुप्रै आकर्षक उपहार जित्न सक्नेछन् । यो अफर ५०० मिली लिटर, १.५ लिटर र २.२५ लिटर स्प्राइटका साथै कोककोला र फेन्टाको खरिदमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्प्राइटको हरियो सौन्दर्यले ग्राहकलाई गर्मीमा चिसो अनुभवसँगै आकर्षक उपहार योजना ल्याइएको हो ।

उक्त अफरमा सहभागी हुन ग्राहकले लेबल पछाडिको युनिक कोडलाई 'एसपी स्पेस युनिक कोड' टाइप गरी ३७७२२ मा एसएमएस गर्नु पर्नेछ । प्रत्येक दिन बिहान ११ बजेदेखि बेलुका सात बजेसम्म लक्की ड्र गरी हरेक घन्टा एक विजेता छानिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ग्राहकले पुरस्कार परेको युनिक कोड भएको लेबल प्रमाणका लागि आफूसँगै राख्नु पर्नेछ । यो अफर बिनास्टक पनि उपलब्ध छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100