MENU

यी हुन् डोटीका उम्मेदवार (सूचिसहित)

खगेन्द्रबहादुर सिंह सोमवार, असार ५, २०७४ 4880 पटक पढिएको

Share This

डोटी : असार ४ गते भएको उम्मेदवारी दर्ता शान्ति र उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। बुलेकी अबेरसम्म चलेको मनोनयन दर्ता प्रक्रियामा सबै दलहरुले आ–आफ्नो शक्ति प्रदर्शन गराउने उद्देश्यले समेत ठूलो संख्यामा कार्यकर्ता उपस्थित गराएका थिए। जिल्लामा रहेको नौ स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा गाजाबाजासहित नाचगान गर्दै मनोनयन दर्ता गराउन आएका थिए।

असार १४ गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीका स्थानीय तहहरुमा ६ रानीतिक दलहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी जिल्ला निर्वाचन कार्यालय, डोटीमा ९ राजनीतिक दलहरु दर्ता भएपनि६ दलले मात्र उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दर्ता गराउने दलहरुमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओबादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरम रहेका छन्।

डोटीको दुई वटा नगरपालिकाको मेयरको दुई पदमा १२ जनाको उम्मेदवारी परेको छ भने उपमेयरको दुई पदमा ७ जनाको उम्मेदवारी दर्ता परेको छ। त्यसैगरी अन्य सात स्थानीय तहको अध्यक्षको पदमा ३० जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षको पदमा जम्मा २४ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यसैगरी दिपायल सिलगढी नगरपालिकामा ६दलका व्यक्तिहरुले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन्। तर उप मेयरमा भने तीन जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले जानकारी दिनु भएको छ।

नेपाली कांग्रेसको तर्फबाट मेयरमा बाजीसिं खड्का ‘बिजय’ र उपमेयरमा प्रसिस महरा उम्मेदवारी दर्ता गराउनु भएको छ। एमालेबाट मञ्जु मलासीले मेयर र शिवराज खड्काले उपमेयरमा मनोनयन दर्ता गराएका हुन्।

माओवादी केन्द्रको तर्फबाट दिपायल सिलगढी नगरपालिकामा प्रेम नेपालीले मेयर र तुलसी सोपले उपमेयरमा उम्मेदवारी दिनुभएको छ। त्यसैगरी साना दलहरुमो दिपायल सिलगढीमा राप्रपाका कर्ण द्वारिया, संघीय समाजवादी फोरमका चन्द्र श्रेष्ठ र राष्ट्रिय जनमोर्चाका नरेश आलेले मेयर पदको उम्मेदवारी दर्ता गराउनु भएको छ।

नयाँ नगरपालिकाको रुपमा स्थापना भएको शिखर नगरपालिकामा नेपाली कांग्रेसबाट मेयरमा सीताराम जोशी र उपमेयरमा धौलीदेवी रावल, एमालेबाट मेयरमा शेरबहादुर मल्ल र उपमेयरमा राधिका बोहरा, माओवादी केन्द्रबाट मेयरमा रमेश जोशी ‘शैपाल’ र उपमेयरमा चन्द्रा साउद बोहरा, राप्रपाबाट मेयरमा लालवहादुर शाही र उपमेयरमा लक्ष्मी खड्का कठायत, राष्ट्रिय जनमोर्चाबाट मेयरमा बेणीमाधव जोशीले उम्मेदवारी दर्ता गराउनु भएको छ। मेयरमा राजप्रसाद जोशीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनि नेपाली कांग्रेस निकटका व्यक्ति हुन्।

त्यसैगरीपूर्वीचौकी गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा रामप्रसाद उपाध्याय र उपाध्यक्षमा माया कुँवरले मनोनयन दर्ता गराउनु भएको छ। एमालेको तर्फबाट अध्यक्षमा दिर्घ बोगटी र उपाध्यक्षमा निर्मला साउदले उम्मेदवारी दर्ता गराउनु भएको छ भने माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा यज्ञराज गिरी र उपाध्यक्षमा सगुनी कोलीले उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यसैगरी नयाँ शक्ति नेपालको तर्फबाट अध्यक्षमा जगुदेवी थापार उपाध्यक्षमा जमुना बिष्ट मनोनयन दर्ता गराउनु भएको हो। नयाँ शक्ति नेपालले अन्य कुनै पनि तहमा उम्मेदवारी दर्ता गराएको छैन।

सायल गाउँपालिकामा कांग्रेसको तर्फबाट धर्मराज जोशीले अध्यक्ष र पुर्णमाया थापा बिष्टले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ भने एमालेको तर्फबाट अध्यक्षमा तेज बहादुर डुम्रेल र उपाध्यक्षमा बिष्ना सिह उम्मेदवारी दर्ता गराउनु भएको हो। माओवादी केन्द्रका तर्फबाट अध्यक्षमा बल बहादुर ओलीर उपाध्यक्षमा रेखा मडै साउदले उम्मेदवारी दिनु भएको छ।

डोटीको आदर्श गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा लक्ष्मणबहादुर सिंह, उपाध्यक्षमा कृष्णा ओझा, एमालेको तर्फबाट अध्यक्षमा टेकवहादुर रोकाया र उपाध्यक्षमा कमला ओझा, माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा भरत वोहरा ‘योगेन्द्र’ र उपाध्यक्षमा सञ्जा रोकायाले उम्मेदवारी दर्ता गराउनु भएको छ। त्यसैगरी राप्रपाबाट काशीराम ओझाले अध्यक्षमा र राष्ट्रिय जनमोर्चाबाट रमेश नागरी अध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। गाउँपालिकाको अध्यक्षमा चन्द्रनाथ ओझालेस्वतन्त्र उम्मेदवारी दिनुभएको छ।

केआईसिंह गाउँपालिकामा कांग्रेसको तर्फबाट अध्यक्षमा लोकेन्द्रबहादुर शाही र उपाध्यक्षमा मीना बिष्टले उम्मेदवारी दर्ता गराउनु भएको छ भने एमालेको तर्फबाट अध्यक्षमा यज्ञराज जोशी र उपाध्यक्षमा निर्मला जोशी उम्मेदवारी दर्ता गराउनु भएको हो।

माओवादी केन्द्रबाट अध्यक्षमा सिद्धराज भाटले र उपाध्यक्षमा शारदा बिक, राष्ट्रिय जनमोर्चाबाट अध्यक्षमा मीन मलासीर उपाध्यक्षमा हरिना भण्डारीमनोनयन दर्ता गराउनु भएको छ। त्यसैगरी राप्रपाबाट टेक बहादुर रावलले अध्यक्षमा उम्मेदवारी दिनुभएको जानकारी दिइएको छ।

बोगटान गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्षमा दिलबहादुर बम र उपाध्यक्षमा बिष्ना बमले उम्मेदवारी दिनुभएको छ भने एमालेको तर्फबाट टेकबहादुर बम अध्यक्षमा र भगवती बलमे उपाध्यक्षमा मनोायन दर्ता गराउनु भएको हो। माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा कमल गड्सिला ‘एनान’ र उपाध्यक्षमा चन्द्रादेबी भुलले मनोनयन दर्ता गराउनु भएको छ।

त्यसैगरी राष्ट्रिय जनमोर्चाको तर्फबाट धर्मसिं बमले अध्यक्षमा मात्र उम्मेदवारी दिनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

त्यस्तै बड्डीकेदार गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट अध्यक्ष पदका लागि कांग्रेसबाट कृष्णबहादुर चन्द र उपाध्यक्षमा ईन्द्रा बोहरा भाट, एमालेको तर्फबाट अध्यक्षमा भक्तवहादुर साउँद र उपाध्यक्षमा भुवन मल्ल, माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा जंग बिक र उपाध्यक्षमा धनमाया घर्तिमगर र राप्रपाको तर्फबाट अध्यक्षमा तुलाराम मटेली र उपाध्यक्षमा ईन्द्राकुमारी राना बोहराले उम्मेदवारी दर्ता गराउनु भएको हो।

डोटीको जोरायल गाउँपालिकामा कांग्रेसबाट दिपक बिष्टले अध्यक्षमा र भावना बम ओझाले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको छ भने एमालेबाट दुर्गा ओझा अध्यक्षमा र जमुना बोहराले उपाध्यक्षमा मनोनयन दर्ता गराउनु भएको हो। त्यसैगरी माओवादी केन्द्रबाट छवी ओलीले अध्यक्षमा र अनिता मल्ल देउबाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको छ भने राष्ट्रिय जनमोर्चाले रमेश अवस्थीलाई अध्यक्षमा मात्रै मनोनयन दर्ता गराउनु भएको जानकारी गराइएको छ।

प्रतिकृया दिनुहोस

Dish latest