MENU

घनिष्टता

सन्तोषी चौधरी आइतवार, असार ११, २०७४ 682 पटक पढिएको

Share This

हरियाली गाउँमा खेतबारीको दृष्य पनि हरियाली नै थियो । मनमोहक हरियाली दृष्य गाउँको मूख्य विशेषता थियो। त्यहाँका मेहनती कृषकहरुले भएभरका खेतबारीमा करेसाबारी लगाएका थिए। करेसाबारीका तरकारी लामा लामा झारमा फलेका थिए । पाटापाटामा परेका करेसाबारीमा आलु, प्याज, गोलभेडा, फर्सी, भिन्डी, बोडी, सिमी, मूला, गाँजर, काउली, बन्दा आदि स्वतन्त्र रुपले लहलहाउँदो थियो ।

एक दिनको कुरा हो। हरियाली गाउँमा कृषिमेला ! कृषिमेला ! भनेर माइकिङको आवाज करेसाबारीसम्म सुनियो । कारेसाबारीका तरकारीहरु मख्ख परेर मुखामुख गर्न थाले ।

राम्रा फस्टाएका तरकारीहरु सिरसिर हावासँगै नाँचिरहेका थिए। त्यसैबेला एउटा तरकारीले भन्यो, “ए ! साथीहरु हेर्नुस, अब हाम्रो पनि रमाउने दिन आयो तरकारीहरुको महत्व कति हुन्छ ? भनेर मानिसहरुले बुझ्ने दिन आयो ।” त्यतिबेला केही तरकारीहरु मुस्कुराइ रहेका थिए भने कोही रमाउने सपनाबारे भलाकुसारी गरिहरका थिए ।

आजभोलि भन्दाभन्दै कृषि मेला लाग्ने दिन आयो । उक्त मेलामा विभिन्न गाउँबाट आएका कृषकहरुले पनि तरकारी प्रदर्शनीमा राखेका थिए । धेरै थरीका साग सब्जीहरु सजिएकाले कृषिमेला आकर्षणको केन्द्रविन्दु बनेको थियो । प्रत्येक सागसब्जीमा त्यसको नाम र जात लेखिएको टिकट टाँसिएको थियो । मानिसलाइ टाँसिएको टिकले गर्दा तरकारीबारे बुझ्न सजिलो भयो । मेलामा पुरस्कारको पनि व्यवस्था गरिएको थियो । जसले गर्दा तरकारीहरु सान्तवना, तृतीय, द्धितीय र प्रथम पुरस्कारबाट सम्मानित हुने मौका पाएका थिए । तरकारीहरु पुरस्कृत भएपछि अरु तरकारीको तुलनामा निक्कै हर्षित मुद्रामा देखिन्थे ।

कृषि मेला प्रदशनीको दिन सकियो । प्रदर्शनीमा लहरै राखिएका आलु , गोलभेँडा र प्याजले आफ्नो भविष्यमा घनिष्टताको बारेमा छलफल गर्न थाले । आलुले आफ्नो बिलौना सुरुमै सुनाउन थाल्यो । उसले भन्यो, “हेनुसन साथी म त माटोमुनि हुर्किन्छु । मलाई हुर्काउने र पालन पोषण गर्ने झार मात्र माथि हुन्छ र खनेर निकाल्छ,अनि मात्र तपाईहरुसँग भेट हुन्छ । त्यही भएर म साह्रै दुःखी छु।

दुःखी आलुलाई सान्त्वना दिँदै गोलभेडाले उदास स्वरमा भन्यो, “म त जन्मेदेखि जहिले पनि माथि नै हुन्छु । तर के गर्नु तपाईहरु जस्तो मिलनसार अनि घनिष्ट साथी कोही पनि छैनन् । आलु र गोलभेडाको कुरा सुनेर प्याज पनि अघि सर्दै भन्यो, “हो हो साथी हो । म पनि माटो मुनि नै हुर्किनुपर्छ। मलाई त बेलाबेलामा गोडमेल र पानी दिएन भने म त सुकेरै मर्छु।”

यसपछि आलुले थप दुःख बिसाउँदै भन्यो, “ साँच्ची है ! हामी सबै तरकारीहरु घनिष्ट भई मिलेर हुर्किन, रमाउन पाउँदा न रिस, न डाहा, न इष्र्या। हाम्रो त संसारै उज्यालो हुन्थ्यो हगी !”

आलुको कुरा टुंगिनासाथ गालेभेडाले पनि सहर घुम्ने इच्छा प्रकट ग र्योयो। उ हाँस्दै भन्यो, “ गाउँ होस या सहर घुम्न त सबैलाई मन लागिहाल्छ नि । म त झनै घुम्न उत्सुक छु । ” तीनै जनाले हो मा हो सहहमति जनाउँदै घुम्न जाने दिन तय गरे । त्यसपछि आलु, गोलभेडा र प्याज सहरतिर घुम्न निस्कियो । तीनै जना साथीहरु सहरको फुटपाथमा हिडिरहेका थिए । घुम्न पाउँदा उनीहरुको खुसीको सीमा थिएन । त्यहीबेला आलु गुल्टिएर रोडमा पुग्यो । उनलाई गोलभेडा र प्याजले बचाउन सकेन। हेर्दाहेर्दै आलुलाई गाडीले किचिदियो। आलुको जिन्दगी त्यही समाप्त भयो । 

साथीको दुर्घनामा परी निधन भएपछि गोलभेडा र प्याज दुवैजना भावविह्वल भई रोइरह्यो । तर उनीहरुको बिलौना कसैले सुनेन् । अब उनीहरु दुईजना मात्रै उदास भएर सहरमा घुमिरहे । केही पर पुगेपछि अचनाक गोलभेडा पनि गुल्टिएर रोडमै पुग्यो र उसको पनि आलुको जस्तै मृत्यु भयो । यसपछि प्याज टुहुरो भएर धेरै दिनसम्म रोईरह्यो । उसलाई साथी बिर्सन धेरै गाह्रो भइरहेको थियो । ऊ बर्बराएर रोइरह्यो । उसले विगतमा बिताएका दिन सम्झियो, “ साथी आलु मर्दा हामी दुई धेरै रोयौं। अब त गोलभेडाले पनि मलाई छाडेर गयो । म एक्लै रोएँ, अब मेरो मृत्युमा चाहीँ रुने कोही पनि छैन । ”

त्यही बखतमा भगवानले आकाशबाट सुनिरहनु भएको थियो । उनीहरुको मित्रता देखेर भगवानले आकाशवाणी पठाउनुभयो । “हे दुःखी प्याज, तिमी व्यर्थमा नरोऊ। म सबैको भगवान हुँ र सबैको आत्मामा हुन्छु । तिमी मर्दा रुर्ने धेरै मानिसहरु छन्। तिमीलाई जसले हत्या गर्छ, काटछ अनि मृत्यु दिन्छ, हो, त्यो मान्छे स्वयम् आफै रुन बाध्य हुन्छ । मेरोतर्फबाट तिमीलाई यो बाचा भयो। ”

भगवानको यो आकाशवाणी सुनेर प्याज छक्क प र्योयो । ऊ खुसी भयो र मनमनै भन्यो , “आहा! संसारभरीमा सर्वश्रेष्ठ प्राणी पनि मेरो मृत्युमा रुन्छ ?”
यसपछि फेरि अकाशवाणी भयो, “ ब्रमाण्ड तथा पृथ्वीको उत्पति कालदेखि नै घनिष्टता सुरु भएको हो । त्यसैले वनस्पति, प्राणी या पशुपंक्षी सबै जगतमा एकरुपता हुन्छ । तर आज देशको नेतृत्व तहमा नै सहिष्णुता र एकता छैन । भ्रष्टाचार, हिंसा र विभेदले देश दुर्गन्धित भइसक्यो । अब भोलिका कर्णधारहरुलाई बालापनदेखि नै सदाचारी, इमान्दार र कुसल नेतृत्वकर्ता बनाउनु पर्ने खाँचो छ । ” यति सुन्नासाथ प्याजको मन शान्त भयो र उ सहरबाट एक्लै गाउँतिर लाग्यो ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100