MENU

फेवा र गण्डकीको एकीकृत कारोबार

अन्नपूर्ण बिहीबार, असार २२, २०७४ 1372 पटक पढिएको

Share This

पोखरा : गण्डकी र फेवा विकास बैंक मर्ज भएर बुधबारदेखि एकीकृत थालेका छन् । मर्जपछि बैंकको नाम गण्डकी विकास बैंक रहेको छ ।गभर्नर चिरञ्जीवी नेपालले फोनबाट शुभकामना दिएर एकीकृत कारोबार सुरुआत घोषणा गर्नुभएको थियो । खराब मौसमका कारण नेपाल कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नुभएको हो ।

मर्जपछि बैंकको चुक्तापुँजी २ अर्ब ३० करोड पुगेको छ । यसअघि गण्डकीको ६४ करोड र फेवाको १ अर्ब २० करोड चुक्ता पुँजी थियो । राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापुँजी साढे २ अर्ब पु¥याउन बैंकले छिट्टै २५ प्रतिशत हकप्रद्ध सेयर जारी गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिनुभएको छ । मर्जपछि बैंकको शाखा संख्या ५० पुगेको छ । बैंकसँग निक्षेप १८ अर्ब र कर्जा १७ अर्बको रुपैयाँ पुगेको जानकारी पनि सीईओ थापाले दिनुभयो।

२ लाख ५० हजार ग्राहक पुगेको बैंकमा ३ सय ८८ कर्मचारी छन् । मर्जपछि पनि फेवाका सीईओ थापाले पुरानै जिम्मेवारी पाउनुभएको छ भने फेवाकै अध्यक्ष जगन गुरुङलाई सोही जिम्मेवारी छ ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100