MENU

‘तीनै जनाले पालैपालो बलत्कार गरे’

क्रान्ति शाह मंगलवार, असार २७, २०७४ 115690 पटक पढिएको

Share This

वीरगन्ज : वीरगन्जको इनर्वामा एक विवाहित महिलालाई तीन जना पुरुषले सामूहिक बलत्कार गरेका छन्। भारतको बेतिया घर भइ बाराको जितपुरस्थित माइती घरमा बस्दै आएकी २२ वर्षीया महिलालाई वीरगन्ज महानगरपालिका वडा नम्बर १९ इनर्वाका ३० वर्षीया तैयब हुसेन, ३० वर्ष कै नूरु अल हक र २९ बर्षीय महम्मद तबरेज अहमदले सामुहिक बलत्कार गरेका हुन्।

भारत बेतियाको जेलमा १० महिनादेखि कैद सजाय भोगि रहेका आफना श्रीमानलाई भेट्न सोमबार साँझ डेढ वर्षको दुधे बच्चालाइसंगै लिएर जितपुरबाट बेतिया हिडेकी महिलालाई तैयबले सोमबार बेलुकी श्रीपुरमा भेटेपछि बास दिन भन्दै इनर्वास्थित आफनो घरमा लगेका थिए।

घरमा लगेपछि तैयब तथा उनका दुई जना साथी नूरुअल र तबरेज तीनै जनाले यौन सम्पर्क राख्न आग्रह गर्दा नमानेपछि तीनै जनाले पालैपालो बलत्कार गरेको पीडित महिलाले बताएकी छिन्।

‘बेतिया जानका लागि जितपुरबाट ट्याम्पु चढेर रक्सौल जाँदै थिएँ, टयाम्पुमै तैयब पनि थिए, उनले रात परयो, मेरो घरमा श्रीमती र बालबच्चा पनि छन्, तिमी आज राति मेरो घरमा बस्नु र भोलि बेतिया जानु भनेर आफनो घरमा लगे’, मङगलबार जिल्ला प्रहरी कार्यालयमा भेटिएकी पीडित महिलाले घटना बारे जानकारी दिँदै भनिन्,‘ उसको घरमा पुगेपछि त्यहा उनको घरका कोही पनि थिएनन्, दुई जना पुरुष मात्रै थिए, राति उनीहरुले मसंग यौन सम्पर्क राख्न आग्रह गरे तर मैले मानिन्, त्यसपछि तीनै जनाले पालैपालो मसंग जबरजस्ती गरे।’

मंगलबार बिहानपीडित महिलाले घटना बारे जानकारी गराएपछि प्रहरीले आरोपित तीनै जना पुरुषलाई वीरगन्जको घण्टाघरबाट पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो।

पीडितमहिलाको मंगलबार नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य परिक्षण गराएर महिला र उनको बच्चा दुवै जनालाई माइती नेपालमा राखिएको प्रहरी नायव उपरीक्षक जोशीले जानकारी दिनुभयो।

महिलाको स्वास्थ्य परीक्षणको रिपोर्ट बुधबार आउने र पक्राउ गरिएका तीनै आरोपित पुरुषलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर जबरजस्ती करणी मुद्दामा कार्वाही प्रकृया अगाडि बढाइएको जोशीको भनाइ छ।

रकमको मोलतोल नमिलेपछि बलत्कारको आरोप

पीडित महिलाले आफूलाई सामुहिक बलत्कार गरेको बताए पनि महिलाको सहमतिमै यौन सम्पर्क गरेको आरोपित तीनै जना पुरुषले बताएका छन्। सहमतिमै यौन सम्पर्क गरे पनि रकमको मोलतोल नमिलेपछि महिलाले आफूहरुमाथि बलत्कार भएको आरोप लगाएको आरोपित पुरुषहरुले प्रहरीसँगको बयानमा खुलासा गरेका छन्।

सोमबार साँझ वीरगन्जमा भेटिएकी महिलालाई तैयब र उनका दुई जना साथीले जनही दुईदुई हजार रुपैयाँ गरी ६ हजार रुपैयाँ दिने शर्तमा ती महिलालाई तैयबको घरमा लगेका थिए। सोमबार राति यौन सम्पर्क गरेपछि मङगलबार बिहान तीनै जनाले ती महिलालाई पाँच हजार रुपैयाँ दिएका थिए।

महिलाले भने शर्त अनुसार एक हजार रुपैयाँ कम भएपछि ती महिलाले मङगलबार बिहान वीरगन्जको घण्टाघर चोकमा सुरक्षार्थ खटिएका प्रहरीलाई भेटेर आफूमाथि बलत्कार भएको बताएकी थिइन्।

महिलाले गरेको उजुरीको आधारमा प्रहरीले घटना मिलाइ दिने आश्वासन दिएर आरोपित तीनै जना युवकलाई घण्टाघर चोकमा बोलाएर पक्राउ गरेको हो।

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100