MENU

क्रिस्टिनालाई केटीसँगै रमाइलो

अन्नपूर्ण शुक्रवार, असार ३०, २०७४ 7739 पटक पढिएको

Share This

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एउटा ट्विट गरे जुन ट्विट हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्डको बारेमा थियो । सो ट्विटमा उनले स्ट्वार्डलाई गाली गरेका थिए । जसमा लेखिएको थियो, ‘क्रिस्टिनले रोबर्टलाई नराम्रोसँग ढाँटिन्, धोका दिइन् । रोबर्टले पुन उनीसँग सम्बन्ध बढाउनु हुँदैन ।’ यो प्रसंग उठ्नुको कारण थियो नायिका क्रिस्टिना स्टेवार्डको सेक्सुवालिटी । लामो समय सम्बन्धमा रहेका ‘ट्युलाइट’ नायक एवं ब्रिटिस अभिनेता रोबर्ट पाटिन्सनलाई धोका दिएको आरोप थियो । लामो सम्बन्धलाई ब्रेकअप गरेर उनी केही युवतीसँग सम्बन्धमा रहिन् जसको कारण विवादित पनि भइन् ।

पछिल्लो समय केटाभन्दा केटीसँगको सम्बन्धमा रमाइलो लाग्ने क्रिस्टिन स्टेवार्डले खुलासा गरेपछि उनको जति चर्चा भएको छ त्यत्तिकै विवाद पनि । यो कुरा उनले बेलायतको एउटा म्याग्जिनसँगको अन्तर्वार्तामा खुलासा गरेकी हुन् । तर यसमा आफूलाई कुनै पछुतो नभएको र केही कुरा लुकाउन आवश्यक पनि नठानेको स्पष्ट पारेकी छन् । उनले आफूलाई खुल्ला किताब जस्तो भएको तर्क गर्दै आफनो सेक्सुवालिटीको कुरा गर्न कुनै गाह्रो नभएको र सार्वजनिक गर्न पनि अप्ठेरो नलागेको बताएकी छन् ।

Kristen-Stewart-hot-and-romantic-mood-photos

लगभग एक महिलाअघि उनले ‘स्याटर्डे नाइट लाइभमा’ आफ्नो सेक्सुवालिटीको बारेमा बोलेकी थिइन् । अन्तर्वार्तामा उनले आफूलाई ‘आई एम एन एक्ट्रेस एन्ड म्यान’ भनेकी थिइन् । आफ्नो जीवन अस्पष्ट भए ता पनि रमाइलो गरिरहेको उनको भनाइ थियो । अन्तर्वार्तामा २६ वर्षीया नायिकाले आफूलाई ‘सो गे’ समेत भन्न भ्याइन् । उनले अन्तर्वार्तामा केही वर्षभित्र मान्छेहरूले गेहरूलाई हेर्ने दृष्टिकोण फेरिने र विस्तारै मान्छेले यस्ता कुरासँग घुलमिल हुने विचार राखिन् । उनले लन्डनबाट प्रकाशित हुने ‘सन्डे टाइम्स’ सँग पनि यसबारेमा कुरा गरेकी छन् । आफूले पहिलाको सम्बन्धमा सबै कुरा ढाँटेको तर त्यो सम्बन्ध आफूले सार्वजनिक नहोस् भन्ने चाहेको बताइन् स्पष्ट पारिन् । ‘मलाई मेरो कतिपय कुराहरू पर्सनल होस् जस्तो लाग्थ्यो’, उनले तर्क गरेकी थिइन् ।

कुराकानीमा स्टेवार्डले आफूलाई मनोरञ्जनको साधनजस्तो प्रयोग गर्न खोजेको महसुस गरेको खुलासासमेत गरिन्् । जसको कारण बेलाबेलामा आक्रोश पोख्दै आएकी उनले विस्तारै आफ्नो महŒव बुझ्न थालेको र आफ्नोबारेमा धेरैले चासो राखेको कुरा थाहा पाएको तर्क गरेकी थिइन् । त्यसपछि मात्र आफूले एकैपटकमा धेरै मानिसलाई प्रभाव पारिरहेको महसुस भएको अनुभव सुनाएकी थिइन् ।

स्टेवार्ड आफैंले ३० वर्षीया नायकसँगको सम्बन्धबाट टाढा रहन चाहेको स्पष्ट पारेकी हुन् । रोबर्टसँग डेटमा रहँदा मिडियाको आँखाबाट बच्न नसकेको पनि उनले खुलाइन् । त्यतिबेलासम्म आफू एकदमै दोधार भएको र अहिलेमात्रै आफू को रहेछु भन्ने थाहा पाएको स्टेवार्डले प्रस्ट पारिन् । फ्रेन्च नायिका एवं गायिका स्टेफानीसँग पनि पार्टनरका रूपमा नाम जोडिएकी उनको अमेरिकी संगीतकार सेन्ट भिन्सेन्टसँग समेत डेट गरेकी थिइन् । अहिले उनी मोडल स्टेला म्याक्सवेलसँग सम्बन्ध छिन । केही दिन पहिला फ्रान्समा भएको फेसन विकमा उनी आफ्नो पार्टनर स्टेलासँग पुगेकी थिइन् । त्यहाँ पूर्वप्रेमी रोबर्टसँग उनको जम्का भेट भएको थियो । त्यसबेला रोबर्ट पनि नयाँ प्रेमिकासँग थिए । उनीहरूलाई एकसाथ देखेपछि सञ्चारमाध्यमले निकै पछ्याएका थिए । तर त्यो भेट अचानक भएको र उनीहरू आआफ्नो बाटो लागेका थिए । एजेन्सी

पछिल्लो समय केटाभन्दा केटीसँगको सम्बन्धमा रमाइलो लाग्ने हलिउड अभिनेत्री क्रिस्टिन स्टेवार्डले खुलासा गरेपछि उनको जति चर्चा भएको छ त्यत्तिकै विवाद पनि । बेलायतको एउटा म्याग्जिनसँगको अन्तर्वार्तामा यससम्बन्धी खुलासा गरेकी स्टेवार्डले यसमा आफूलाई कुनै पछुतो नभएको र केही कुरा लुकाउन आवश्यक पनि नठानेको स्पष्ट पारेकी छन् ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100