MENU

नेपाल आज सिंगापुरसँग भिड्दै

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 2502 पटक पढिएको

Share This

यू-१९ विश्वकप छनोट क्रिकेट

काठमाडौं : आगामी वर्ष न्युजिल्यान्डमा आयोजना हुने यू-१९ विश्वकप क्रिकेटको छनोट खेलमा सोमबार नेपालले घरेलु टोली सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई साता भारतको नोयडामा तयारी गरेर नेपाली टोली शनिबार सिंगापुर गएको थियो । नेपालले भारतमा तयारीसँगै चारवटा अभ्यास खेल पनि खेलेको थियो । अभ्यास खेलमा नेपालले तीनवटा जित हात पारेको थियो । एउटा अभ्यास खेल अनिर्णित अवस्थामा सकिएको थियो भने एक खेलमा नेपाली टोली पराजित भएको थियो ।

एसियाली छनोटअन्तर्गत नेपालको समूहमा आयोजक सिंगापुर, मलेसिया र अफगानिस्तान रहेका छन् । डबल लिग प्रणालीका आधारमा खेलिने छनोट खेलको शीर्ष टोलीले न्युजिल्यान्डमा हुने विश्वकपको ढोका खोल्नेछ । सहभाही टोलीले एक अर्कासँग दुई÷दुई खेल खेल्नेछन् । नेपालले १८ जुलाईमा मलेसिया, २० जुलाईमा अफगानिस्तान, २१ जुलाईमा सिंगापुर, २४ जुलाईमा मलेसिया र २५ जुलाईमा अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

समूहका सबै टोलीको स्तर उस्तै रहेकोले नेपालले छनोटको लक्ष्य राखेको भारत प्रस्थान गर्नुअघि टोलीका प्रशिक्षक जगत टमटाले बताएका थिए । लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाली टोलीमा १४ जना खेलाडी छन् । सिंगापुर जानुअघि आईसीसी एसियाका चिफ डेभेलममेन्ट अफिसर वेंन्कटपति राजु, प्रशिक्षक टमाटा र यू-१९ टोलीका मुख्य प्रशिक्षक विनोद दासले अन्तिम टोलीको घोषणा गरेका थिए ।

टोलीमा सन्दीपसँगै सिनियर राष्ट्रिय टोलीबाट खेलिसकेका दीपेन्द्रसिंह ऐरी, मोहम्मद आसिफ सेख, सन्दीप सुनार, प्रकाश केसी, अनिलकुमार शाह, पवन सर्राफ, रोहितकुमार पौडेल, ललितनारायण राजवंशी, प्रनित थापामगर, आदिले खान, किशोर महतो, रिजन ढकाल र साहब आलम रहेका छन् । टोलीमा सन्दीप जोरा, विक्रमकुमार भुसाल, रसिद खान र सुशान्तसिंह थापालाई वैकल्पिक खेलाडीको रूपमा समावेश गरिएको छ । भारतमा भएको अभ्यास खेलको प्रदर्शनका आधारमा अन्तिम टोलीको चयन गरिएको थियो ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100