MENU

विश्वभरिबाटै नेपाल एयरलाइन्सको टिकट लिन सकिने

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 5874 पटक पढिएको

Share This

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्समा यात्रा गर्न चाहने यात्रुले विश्वको जुनसुकै स्थानबाट टिकट लिन पाउने भएका छन् । नेपाल वायुसेवा निगमले आइतबारबाट अनलाइन बुकिङ सुरु गरेको हो । यो सँगै निगमको टिकट लिन चाहने यात्रुले अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी विश्वको जुनसुकै स्थानबाट टिकट बुकिङ गर्न सक्ने भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं निगमका सञ्चालक समिति अध्यक्ष शंकरप्रसाद अधिकारीले अनलाइन बुकिङ सेवा उद्घाटन गर्नुभएको छ । उहाँले व्यवस्थापन सुधारको एउटा अंग सूचना प्रविधिको पूर्ण एवं उपयोगी प्रयोग गर्दै त्यसतर्फ थप प्रयास आवश्यक रहेको बताउनुभयो ।

हाललाई विदेशी मुद्राको अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी टिकट बुकिङ हुनेछ भने नेपाली मुद्रामा पनि चलाउन प्राविधिक पक्षमा केही परिवर्तन गरी अनलाइन बुकिङ प्रणालीमा आबद्ध गरिने निगमले जनाएको छ । उक्त अवसरमा महाप्रबन्धक सुगतरत्न कंसाकारले निगम नयाँ नयाँ प्रविधिलाई सेवामा समावेश गरी पूर्ण प्रतिस्पर्धामा जाने योजनासहित अघि बढेको बताउनुभयो । उहाँले आफ्ना ग्राहकलाई अनलाइन बुकिङमा समावेश गर्न पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100