MENU

पशुपतिमा साउनको पहिलो सोमबार (फोटो फिचर)

अन्‍नपूर्ण सोमवार, साउन २, २०७४ 1009 पटक पढिएको

Share This

काठमाडौं : साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजन लाममा बसे पनि सवा ३ बेजेपछि मात्र तीन ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भोला सिटौलाले जानकारी दिनुभयो।

पशुपतिको उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी भक्तजनले दर्शन गरिरहेका छन्। पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गर्नुभयो। बिहान ८ बजेसम्म ३५ हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको कोषले जनाएको छ। पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ।  यसका साथै युवतीहरुले हरियो ड्रेसमा सेल्फी फोटो लिएका छन्।

तस्बिरहरु: विकास कार्की/ रविन्द्र केसी 

 

First-Monday-of-Shrawan---Devotess-At--Pashupati-Temple----(2)

pasupati_monday

First-Monday-of-Shrawan---Devotess-At--Pashupati-Temple----(6)

First-Monday-of-Shrawan---Devotess-At--Pashupati-Temple----(14)

 

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100