MENU

बाढीमा परी १५ जनाको मृत्यु,दुई हजार जनाकाे उद्धार

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 4766 पटक पढिएको

Share This

नयाँदिल्ली : पश्चिमी भारतीय राज्य गुजरातमा भीषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १५ व्यक्तिको मृत्यु भएको छ ।

अविरल वर्षापछि आएको भीषण बाढीमा ती व्यक्तिहरुको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

गुजरात राज्यमा तीन दिनदेखि जारी यस प्रकोपमा परी ती व्यक्तिको ज्यान गएको पनि अधिकारीहरुले थप जनकारी दिएका छन् ।

बाढी प्रभावित क्षेत्रमा प्रकोप व्यवस्थापन बलले उद्धार कार्य जारी राखेको जानकारी दिइएको छ । बाढी प्रभावित क्षेत्रका करिब दुई हजार व्यक्तिलाई उद्धार गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढी प्रकोपको मारमा पर्नसक्ने र उद्धार गरिएका व्यक्तिहरुलाई सुरक्षित स्थानमा लगिएको छ ।

पहाडी राज्य उत्तराखण्ड सन् २०१३ मा पनि बाढी पहिरोको चपेटामा परेको थियो । त्यतिबेला झण्डै छ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए ।

बेपत्ता भएका ठूलो संख्याका ती व्यक्ति पछि नभेटिएकाले उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ । रासस/सिन्ह्वा

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100