MENU

मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

मनोहरकुमार पोखरेल सोमवार, साउन २, २०७४ 2917 पटक पढिएको

Share This

 राजविराज: राजविराजमा मोटरसाईकल चोरी गर्ने गिरोहका एक जनालाई सप्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ।

चितवन जिल्ला राप्ती नगरपालिका ९ का १८ वर्षीय सुरेश पौडेललाई चोरी गरेको स.२प ९९५८ नम्बरको मोटरसाईकलसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राजविराज ७ स्थित सेन्चुरी बैंकमा रकम झिक्न गएका बेला राजविराज जेसीजका अध्यक्ष राजविराज ९ मलेठ बस्ने सन्तोष सिन्हाको मोटरसाईकल उनले चोरी गरेका थिए।

यसअघि नगरमा भएको श्रृंखलाबद्ध मोटरसाईकल चोरीमा समेत उनको संलग्नता रहेको आशंकासहित थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक यादवराज उप्रेतीले बताउनुभयो।

स्थानीय चोर गिरोहको मिलोमतोमा पौडेलले मोटरसाईकल चोरी गर्ने र भारतीय बजारमा सस्तोमा बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100