MENU

प्रवक्ता भुसालले १० करोड नलिएको दावी

अन्नपूर्ण सोमवार, साउन २, २०७४ 13239 पटक पढिएको

Share This

काठमाडौं : नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनको तयारीका बेला पार्टी केन्द्रीय कार्यालयबाट १० करोड रुपैयाँ नलिएको र निर्वाचनमा खर्च नगरिएको दावी गर्नु भएको छ ।
प्रवक्ता भुसालले आफूले १० करोड लिएको प्रमाणित गरिदिए राजनीतिबाट सन्यास लिने पनि बताउनु भएको छ । स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका लागि अध्यक्ष प्रचण्डसँग १० करोड रुपैया लिएको समाचारले माओवादी केन्द्र भित्र बहस उत्पन्न भएपछि प्रवक्ता भुसालले अध्यक्ष प्रचण्डको सचिवालयबाट खण्डन गर्न लगाउनु भएको हो ।
‘आइतबार केही अनलाइन मीडियाले प्रवक्ता पम्फा भुसालले केन्द्रीय कार्यालयबाट दश करोड लिएको र कहीँ कतै खर्च नगरेको भन्दै समाचार प्रकाशित गरेका थिए’ अध्यक्ष प्रचण्डको सचिवालयले पठाएको सूचनामा भनिएको छ ‘प्रचार विभागलाई पार्टीले आर्थिक अनुदान नदिएको, पम्फा भुसालले पार्टी केन्द्रीय कार्यालय, अध्यक्ष प्रचण्ड वा पार्टीका कुनै पनि निकायबाट एक रुपैयाँ पनि रकम नलगेको स्पष्ट पारेको छ ।’
सचिवालयले जारी केन्द्रीय सचिवालय बैठकलाई प्रभावित पार्ने, नेता भुसालको चरित्र हत्या गर्ने र जनतामा गलत सूचना सम्प्रेषण गर्ने मनसायले समाचार प्रकाशित भएको पनि सो सूचनामा उल्लेख छ ।
अन्नपूर्ण अनलाइन आफनो समाचारमा थप अनुसन्धान गर्न र १० करोड रुपैया उपलब्ध गराउने बैठकमा नेताहरुका वीचमा भएका छलफलका सूचना प्रति बिश्वस्त छ ।

प्रतिकृया दिनुहोस

थप सामग्री

Annapurna Post1140X100