MENU

चार वर्षपछि नोकिया स्मार्टफोन पुन: नेपाली बजारमा

635x90

अन्‍नपूर्ण सोमवार, साउन १६, २०७४ 24912 पटक पढिएको

Share This

काठमाडौं: चार वर्षपछि नोकिया पुनः नेपाली बजारमा प्रवेश गरेको छ। कुनै समय बारफोनको दुनियामा राज गरेको नोकियाले आफुलाई परिष्कृत गर्दै स्मार्टफोनको रुपमा बजारमा ल्याएको हो।

फिनिस कम्पनीले १० वर्षसम्मकालागी सम्झौता गरि नोकिया नामबाट स्मार्टफोन निमार्ण गरि विश्व बजारमा प्रस्तुत गरेको हो। नेपालको लागि नोकियाको विक्री तथा वितरण प्रवद्र्धनक पारामाउन्ट इलेक्ट्रोनिक्सले नेपाली स्मार्टफोन प्रयोगकर्ता माझ ल्याएको छ।

पारामाउन्ट इलेक्ट्रोनिक्स यस अघी पनि नोकिया फोनको डिस्ट्रिव्युटरको रुपमा काम गरेको थियो। मिड रेन्जको स्मार्टफोनको रुपमा नोकियाले नेपाली बजारमा एकै पटक नोकिया ३, नोकिया ५ र नोकिया ६ स्मार्टफोन सार्वजनिक गरेको छ।

कम्पनीले केहि समय अघि आफ्नो सबैभन्दा सफल बारफोन नोकिया ३३१० लाई सार्वजनिक गरेको थियो। बजारमा आएको नोकियामा नयाँ मोडलका स्मार्टफोन विश्वव्यापी रुपमा रुचाइएको एनड्रोइड न्युगट अपरेटिङ सिष्टममा आधारित रहेको छ। जसको मद्धतले स्मार्टफोन प्रयोगकर्ताले गुगलले आफ्नो नयाँ भर्जन सार्वजनि गर्ने बितिकै अपडेट गरि प्रयोग गर्न सक्नेछन्।

डबल सिम प्रयोग गर्न सकिने नोकियाका नयाँ स्मार्टफोन मध्य नोकिया ६ कम्पनीको एउटा उत्कृष्ट उत्पादन हो । नेपाली बजार मूल्य २५ हजार ६ सय रुपैयाँ रहेको नोकिया ६, ५.५ इन्च फूल एचडी डिस्प्लेका साथ उपलब्ध रहेको छ।

स्नापड्रागन ४३० चिपसेट रहेको स्मार्टफोनमा अक्टाकोर १.४ गीगाहर्ज प्रोसेसर रहेको छ। तीन जीवी र्‍याम रहेको फोनमा ३२ जीवी इनटरनल स्टोरेज रहेको छ। पुर्ण एल्मुनियम बडीका साथ आकषर्ण डिजाइनका साथ बजारमा आएको नोकिया ६ मा आठ मेगापिक्सेलको फ्रन्ट क्यामेरा र १६ मेगा पिक्सेलको रियर क्यामेराका रहेको छ।

प्योर एण्ड्रोइड न्युगट अपरेटिङ सिस्टम रहेको यो स्मार्टफोनमा फ्रिङ्गर प्रिन्ट स्क्यानर सुबिधा रहेको छ । यो स्मार्टफोनमा तीन हजार एमएएच क्यापिसिटिको ब्याट्री प्रायोग गरिएको छ।

त्यस्तै नोकिया ५, ५.२ इन्च एचडी डिस्प्ले रहेको छ। क्वालाकम स्नापड्रागन ओक्टा कोर १.४ गीगाहर्ज प्रोसेसर रहेको उक्त स्मार्टफोनमा दुई जीवी र्‍याम र १६ जीवी इन्टरनल मेमोरी रहेको छ।

एल्मुनियम बडी र आकषर्ण डिजाइनका साथ निमार्ण गरिएको स्मार्टफोनमा १३ एमपीको रियर र आ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ। फ्रिङ्गर प्रिन्ट स्क्यानर सुविधा रहेको स्मार्टफोन प्योर एनड्रोइड न्युगट अपरेटिङ सिस्टम ७.१.१ मा आधारित रहेको छ।

तीन हजार एमएएच ब्याट्री क्षमता रहेको नोकिया ५ को बजार मूल्य २१ हजार तीन सय ५० रुपैयाँ रहेको कम्पनीले जनाएको छ। कम्पनीले १५ हजार ६ सय ५० रुपैयामा नोकिया ३ पनि बजारमा सार्वजनिक गरेको छ।

५.० इन्च एचडी डिसप्लेको रहेको यो स्मार्टफोनमा क्वाडकोर १.३ गीगाहर्ज प्रोसेसर रहेको छ । दुई जीवी र्‍याम र १६ जीवी इन्टरनल मेमोरी रहेको फोनमा ८ मेगापिक्सलको फ्रन्ट र रियर क्यामेरा रहेको छ।

प्योर एन्ड्रोइड न्युगट अपेटिङ सिस्टम ७.० मा आधारित भएर निमार्ण गरिएको यो स्मार्टफोनमा २६ सय ३० एमएएच क्षमताको ब्याट्री रहेको छ । यसका साथै नोकियाले चाँडै नै उच्चतम प्रविधियुक्त नोकिया ८ पनि नेपाली बजारमा ल्याउने जनाएइको छ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100