MENU

रोबोकुट बोकेर अमेरिकामा

सहदेव चौधरी शुक्रवार, साउन २०, २०७४ 1389 पटक पढिएको

Share This

अमेरिकामा भएको ग्लोबल कम्पिटिसनमा रोबर्र्ट निर्माणमा दक्षिण एसियामा दोस्रो र विश्वमा ३८औं स्थान ल्याउन सफल काठमाडौंको दक्षिणकाली नगरपालिकास्थित शिखरपुरा सामुदायिक विद्यालय र अरुणोदय विद्यालयका विद्यार्थीले आफ्नो अनुभव सुनाएका छन् ।

विश्वभर शुद्ध पानीको अभाव भइरहेको बेला यी स्कुले विद्यार्थीले फोहोर पानीलाई शुद्ध र पिउनयोग्य बनाउने नमुना रोबर्र्ट ‘रोकुबोट' निर्माण गरेका थिए । प्रतिस्पर्धाका लागि अमेरिकामा पुग्दाको अनुभव उनीहरूले आदानप्रदान गरेका हुन् ।

रोबर्ट बनाउन सहयोग गर्ने सतिस अर्यालले रोबर्ट निर्माणमा उनीहरू लगनशील भएर लागेको बताए । ती विद्यार्थीलाई किताबी र व्यावहारिक ज्ञान दिए विज्ञानप्रविधिको क्षेत्रमा नेपालबाटै नयाँ आविष्कार हुनसक्ने सम्भावना रहेको उनको दाबी छ । भने, ‘नेपाल अल्पविकसित भए पनि विज्ञानप्रविधिको विकासमा नयाँ आयाम थप्ने साहस उनीहरूले बोकेका छन् । उचित वातावरण सरकारले जुटाइदिनुपर्छ ।'

शिखरापुर सामुदायिक विद्यालयका संस्थापक शशी शर्मा अर्यालले विज्ञानप्रविधिमा विकसित उक्त प्रविधिको विकास र विस्तारमा सरकारबाटै लगानी हुन जरुरी रहेको औंल्याए।

अमेरिका जानुअघि शिक्षामन्त्री गोपालमान श्रेष्ठको उपस्थितिमा दुई विद्यालयका ६ विद्यार्थीले नेपालमा पनि रोबोकुट प्रदर्शन गरेका थिए । ६ जना विद्यार्थीको सहयोगमा बनाइएको यो रोबोकुटको लागत २२ लाख रुपैयाँ रहेको थियो ।

कसरी खेलाइयो गेम ?
तीन देशको एउटा समूह

विज्ञान प्रविधि क्षेत्रमा विश्वलाई एउटै परिवारमा ल्याउनु यो कार्यक्रमको मुख्य उद्देश्य थियो । विश्वमा उत्पन्न भएका समस्यालाई सामूहिक कार्यबाट समाधान गर्न सकिन्छ भनेर चेतना बढाउनु यसको अर्को उद्देश्य थियो । प्रतियोगितामा नीलो रङको बललाई सफा पानीको रूपमा लिइएको थियो भने सुन्तला रङको बललाई फोहोर पानीको रूपमा लिइएको थियो ।

एक सय ६० भन्दा बढी देशले भाग लिएको प्रतिस्पर्धामा प्रत्येक खेलमा तीन तीन राष्ट्र एउटा समूहमा थिए भने अरू तीन देश अर्को समूह रहेका थिए । प्रत्येक खेल दुई मिनेट ३० सेकेन्डको थियो । सो अवधिभरमा प्रत्येक समूहले नीलो रङको बल र सुन्तला रङको बल दुई छुट्टाछुट्टै ठाउँमा लगेर राख्नुपर्ने थियो ।

स्कुले विद्यार्थीले बनाए फोहोर पानी शुद्ध गर्ने रोबट

खेल अवधिभरिमा रोबट डन्डीमा झुन्ड्याउन सकेमा बढी अंक पाउने प्रावधान थियो । खेलमा प्रत्येक रोबटको छुट्टाछुट्टै अंक नगनी समूहगत अंक गनिने व्यवस्था थियो । खेलले समूहलाई प्राथमिकता दिएको थियो ।

उत्कृष्ट विद्यार्थीको अनुभव

छनौट चरणमा तेस्रो पक्षद्वारा ४ दिनको परिक्षणबाट ६० भन्दा बढी बिद्यार्थीहरु मध्येबाट ६ जना विद्यार्थीहरु छनौट गरिएको थियो। बिद्यार्थीहरुको बिज्ञान तथा प्रबिधि क्षेत्रको रुची, नयाँ नयाँ बिषयमा उनिहरुको जिज्ञासा एवं प्रयोगात्मक कक्षाप्रति उनीहरुको रुचिको आधारमा सहभागीहरु छनौट गरिएको थियो।

मिलन थापा
म मेरो कक्षामा न पहिलो ५ जना न त पहिलो १० जना भित्र पर्छु। मलाई कक्षा कोठामा शिक्षक र शिक्षिकाहरुले बोर्डमा लेखेर पढाएको भन्दा कुनै सामग्री प्रयोग गरि पढाएको बढी मन पर्छ। मलाई सधै ब्यबहारिक कक्षा मन पछ।'

उनले कति बर्ष सरले घोकाएका बिषयलाई कपिमा उतातेर राम्रो अंक पाउनेमा आश नरहेको बताउँछन्। उनी भन्छन्, ‘रोबोटिक्स विधा फरक भएकाले मलाई मन पर्छ । यसले गर्दा थेउरी भन्दा प्राक्टिकल ज्ञान जुटाउन रुक्मिणी फाण्डेशनको योगदान छ।'

 

 

समिर महर्जन

आफ्नो अनुभव यसरी सुनाए। हामीले शुरुका कक्षाहरुमा नेपालमै प्राप्त हुने सामग्रीहरुको प्रयोग मार्फत रोबोटको बारेमा जानकारी लियौ। विज्ञान तथा प्रविधिको विविध सैद्धान्तिक बिषयलाई प्रयोगात्मक विधि बाट बुझ्ने मौका पायौ।

मेकानिकल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्क्स तथा कम्प्युटर प्रोग्रामिङगको बारेमा जान्ने बुझ्ने मौका पायौ। हामीले इन्टरनेटको सहि उपयोग यी रोबोटिक्स क्लबमा आएपछि जान्ने मौका पायौ।

हामी नजानेका कुरा इन्टरनेटमा खोजेर हाम्रा रोबोटिक्स मेन्टरहरुँग छलफल गर्‍यौ। जसले हामीलाई नयाँ अनुभव प्रदान गर्‍यो।

मोनिका कार्की
मोनिका कार्कीको अनुभव भने फरक छ। उनी भन्छिन्, 'हामीले दुई दिनमा राउण्ड खेल खेल्नुपर्ने थियो । सो खेलमा फरक फरक देशसँग खेल्नुपर्ने हुन्थ्यो।

पहिले दिनको ३ राउण्ड खेलमा हाम्रो रोबोटले राम्रो प्रदर्शन गर्न सकेन। पहिलो खेलमा अर्को रोबोट आएर ठक्कर दिएर ब्याट्रीसँग वाइर कनेक्शन टुट्यो र रोबोट खेल मैदानको बीचमा गएर रोकियो।

हामीले नेपालमा खेलमैदान बनाई परिक्षणगर्दा हाम्रो रोबोट एक्लैहुन्थ्यो सँगै ६ वटा रोबोट चलाएर परिक्षण गरेका थिएनौ जसले गर्दा त्याहा गएर खेल्दा सो समस्या भोग्न पर्‍यो। सो समस्यालाई हामीले अर्को खेलखेल्ने बेला सम्ममा समाधान गर्यौ।

अर्को खेलको समयमा हामीलाई टेबल प्रोग्राम नभएर समस्या झेल्नु पर्यो। सो समस्याको समाधान ँष्चकत न्यिदबबिाट अर्को नयात्बदभित पायौ र समाधान भयो र सोहि दिनको तेश्रो खेलमा रोबोटको चेन चुडिएरबारमा झुन्ड्यउन समस्या भयो साथै मोटरमा समेत समस्या भयो।

यसलाई हामीले चैन टाइट गर्यौ र अर्को नया ब्याट्री प्रयोग गर्यौ। यसबाटके सिक्यौ भने काम गर्दा समस्या आउछ समस्या आयो भन्दैमा डराउन भाग्न एबम हतोत्शाहीहुनु हुदैन।

समस्या आएपछि धेरै सिकिने जान्ने मौका प्राप्त हुदो रहेछ । हामीले समस्याहरुबुझ्यौ अनि समाधान गर्ने तरिका पनि सिक्यौ। यहीकारण आज हामी दोश्रो दिनको खेलमा यौटा खेलमा सो प्रतिष्पर्धा मध्ये सवोत्कृष्ट अंक प्राप्त गर्न सक्यौ।

अघिल्लो दिनमा वरियताक्रममा १६३ टिम मध्ये १०० भन्दा माथि रहेको हाम्रो टिम लाई ३८ स्थान सम्म उकाल्न सफल भएका थियौ।

 

रुबी बलामी

हामीले १६० देशका विभिन्न व्यक्तिसँग छलफल अगाडी बढाउन सकेका छौ । हामी स्टिम फ्यामिलीमा आवद्ध हुन सकेका छौ। हाम्रो परिवेश, हाम्रो सफलता, र हामीले सीमित स्रोत साधनले पनि विश्वसामू व्यवहारिक भएर प्रस्तुत हुन सक्यौ।

हामीलाई सामूहिकताको काम गुर्न पर्छ भन्ने पाठ यो अवसरले प्रदान गर्नका साथै नयाँ काम गर्ने ढोका खोलिदिएको छ। वातावरण पाए हामी पनि विश्वमा केही नयाँ काम गर्ने आट र साहास गर्न सक्छौ।

सतिश अर्याल, टिम मेन्टर
हामीमा जोश, जाँगर, इच्छाशक्ति एवं म क्षमता सब पूर्ण रुपमा रहेको छ। हामीमा सक्दैनौ,जान्दैनौ भन्ने लघुताभाषले गर्दा नै हामी सबै क्षेत्रमा पछाडि दिनानुदिन परिरहेको छौ।

यदि हामीलाई अवसर र स्रोतसाधनहरु उपलब्ध हुन सकेमा हामी सबै क्षेत्रमा फडको मार्न सक्छो। हो, हाम्रो पुर्खाले धेरै ज्ञान बाडेर जानुभयो। धेरै क्षेत्रमा विकास गरेर समेत जानु भएको छ। तर हामी सन्तति पुस्ता भने ज्ञान र सीपको सदुयोग गनरी अरुको देखासेखी गरेर समस्याहरु मात्रै निम्त्याइरहेका छौ।

हामी कहाँ प्राकृतिक सम्पदाहरु अथाह छ। नदी नाला विषाक्त, वायु प्रदुषण, पृथ्वीको तापक्रम वृद्धि, भोकमरी आदि। उक्त समस्याहरुको समाधान समन्वय, सहकार्यएबम समुह कार्यबाट युबाहारको नेतृत्वले प्रविधिको मार्फत समाधान गर्न सकिने शिक्षा हासिल गरेका छौ।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100