MENU

कुसुन्तीमा गोली चल्यो, घाइते खत्रीको मृत्यु

635x90

लोकेन्द्र प्रसाइ सोमवार, साउन २३, २०७४ 104765 पटक पढिएको

Share This

काठमाडौ: ललितपुरको कुसुन्ती स्थित अरुण वस्तीमा सोमबार गोली चलेको छ । गोली लागेर गम्भीर घाइते भएका लागू औषधको डिलर सञ्चालक प्रविण खत्रीकोको मृत्यु भएको छ । खत्रीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले दावी गरेको छ । खत्री आफैले आफैलाई कञ्चटमा गोली हानेको प्रहरीको दावी छ ।

प्रहरीका अनुसार सोमबार बिहानदेखि दुई वटा पेस्तोल लिएर खत्री घरबाट निस्किएका थिए । उनलाई नियन्त्रणमा लिन महानगरीय अपराध महाशाखाको टोली बिहानैदेखि परिचालित थियो । अपराध महाशाखाका अनुसार कुसुन्तीमा एउटा घर पछाडि खत्रीलाई गोली लागेको अवस्थामा भेटिएको छ ।

स्रोतका अनुसार खत्री आफनै घरको कोठामा रहेको वेला प्रहरीले घेरा हालेको थियो । प्रहरी घेराकै वीचबाट खत्री दुई वटा पेस्तोल लिएर बाहिर निस्किएका थिए। खत्रीलाई प्रहरीले लखेटेको थियो । ‘अन्त्यमा खत्री आफैले आफनै बन्दुकले गोली हानेपछि हामीले फेला पारयौ’प्रहरीले भनेको छ ।

प्रहरीले खत्रीबाट नाइन एमएमको दुई वटा अटोलोडेड पेस्तोल फेला पारेको छ । 

महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले अस्पतालबाट खत्रीको मृत्यु भइसकेको जानकारी आफूले पाएको अन्नपूर्ण अनलाईनलाई बताए ।

 

 

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100