MENU

सगरमाथा इन्सुरेन्समा मानन्धर

635x90

अन्नपूर्ण बिहीबार, साउन २६, २०७४ 218 पटक पढिएको

Share This

काठमाडौं: सगरमाथा इन्सुरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र व्यावसायिक निर्देशकमा निर्मलादेवी मानन्धर नियुक्त भएकी छन् । कम्पनीको बुधबार बसेको दुई सय ४६औं बोर्ड बैठकले मानन्धरलाई निर्देशकमा नियुक्त गरेको हो ।

लामो समयदेखि इन्सुरेन्स क्षेत्रमा अनुभव हासिल गरेकी मानन्धरले मानविकी संकायमा स्नातकोत्तर हासिल गरेकी छन् । साथै उक्त बैठकले कम्पनीको उपप्रबन्धकमा श्रवण रावललाई नियुक्त गरेको छ ।

रावलले भारतको मुम्बई विश्वविद्यालबाट व्यवस्थापन संकायमा स्नातक तह उत्तीर्ण गरेका छन् । इन्सुरेन्स क्षेत्रमा झन्डै तीन दशक लामो अनुभव हासिल गरेका रावलले आगामी दिनमा कम्पनीको विकासमा महŒवपूर्ण योगदान दिने कम्पनीको विश्वास छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100