MENU

बाढीले २७ घर पूर्ण क्षति, ७ सय भन्दाबढी घरधुरी प्रभावित

635x90

अनिल ढकाल शनिवार, साउन २८, २०७४ 4571 पटक पढिएको

Share This

चितवन : चितवनको माडीमा गएराति आएको बाढीका कारण स्थानीयका २७ घर पूर्णरुपमा क्षति भएका छन् । शुक्रबार राति १०ः३० बजेदेखि बिहान २ः३० बजेसम्म आएको बाढीले माडी नगरपालिकाका १ देखि ६ नं वडामा पर्ने विभिन्न स्थानमा क्षति पुर्‍याएको हो । माडीको धोवाह, रतनी, अमिलिया, सिमरा, वनकट्टा र सेरुवा क्षेत्रका सात सय भन्दाबढी घरधुर िबाढीका कारण प्रभावित बनेका छन् ।

बाढीका कारण माडीका दुईवटा पुल बगाएको छ । मुख्य सडकको पुल बगाउँदा सवारी आवागमन अवरुद्ध बनेको छ । बाढीले यस क्षेत्रको धानबाली समेत नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन् ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100