MENU

अविरल वर्षाले जनकपुरका अधिकांश घर डुबानमा

मनिका झा शनिवार, साउन २८, २०७४ 1409 पटक पढिएको

Share This

जनकपुरधाम: लगातारको अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिकाको सयौं घर डुबानमा परेको छ।

तीन दिनदेखि वर्षा निरन्तर भईरह्दा पानीको निकास हुन नसकी मुरली चोक, क्याम्पस चोक, विश्वकर्मा चोक, भानु चोक, जानकी नगर, वकिल टोल, रामानन्द चोक लगायत नगरभरीमै सर्वसाधारणको घरघरमा पानी पसेर डुबानमा परेको छ।

नगरक्षेत्रमा सञ्चालित एकिकृत शहरी विकास आयोजनाको काम अन्तर्गत सडक र नाला खनेर छाडिएको र समयमै काम नहुंदा पानीको निकास हुन नसकी घरहरुमै पस्न थालेको हो।

जनकपुर अंचल अस्पताल भित्र करिब दुई फिटभन्दा बढि पानी जमेपछि विरामी र कुरुवाहरुलाई अत्याधिक गाहे भएको छ। अस्पताल नजिकैको फोहोर नालाको पानी वर्षाको पानीसंगै मिसिएर अस्पताल क्षेत्रमा पस्दा बिरामीहरुलाई निकै सास्ती भएको हो।

त्यसैगरी जिल्ला प्रहरी कार्याल, आन्तरिक राजस्व, हुलाक कार्यालय, महिला विकास कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय अञ्चल प्रहरी कार्यालय लगायतका सरकारी कार्यालयहरुमा समेत पानी पसेर डुबानमा परेको हो।

जनकपुर विमानस्थलमा समेत करिब डेढ फिट जति पानी जमेर उडान सेवा प्रभावित भएको हो। धनुषाका अधिकांश गाउँहरु पनि अविरल वर्षाले जलमग्न भएको हो।

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100