MENU

तुलसीपुर उपमहानगरले सुरु गर्‍यो राहत वितरण

635x90

गोपाल शर्मा आइतवार, साउन २९, २०७४ 1487 पटक पढिएको

Share This

तुलसीपुर : तुलसीपुर उपमहानगरपालिकाले नगडर क्षेत्रका बाढी पीडितलाई राहत वितरण सुरु गरेको छ । उपमहानगरले पीडितको बास स्थानमा गएर राहत वितरण गरेको हो ।

उपमहानगरको वडा नम्वर १३ का बाढी पीडितलाई मेयर घनश्याम पाण्डेले गाउँमै पुगेर राहत वितरण गरेका हुन् । पीडितलाई खानको समस्या नहोस् भन्नका लागि चामल, दाल, तेल, चाउचाउ ,च्युरा, नुन, बेसार लगायतका खाद्यान्न र भाडाकुडा वितरण गरिएको मेयर पाण्डेले बताए ।

‘दमारगाउँ र रनियापुरका वाढीपीडितले समयमै सहयोग पाउँदा पीडामा निकै राहतको महसुस गरेको बताएका छन् । अभाव र पीडामा थियौ, मेयर सापले राहत वितरण गरेपछि अब बाच्छौ की भन्ने लागेको छ' दमारगाउँका वाढीपीडित नन्दाराम विकले भने ।

त्यसैगरि रनियापुरका बाढीपीडितलाई पनि सोही ठाउँमा पुगेर राहत वितरण गरिएको छ । राहत वितरण गर्दै मेयर पाण्डेले थप राहतका लागि तत्काल पहल गर्ने बताएका छन् । ‘यो समस्याको दिर्घकालीन समाधानका लागि सुरक्षित बसोबासको व्यवस्था मिलाउन पहल गर्नेछु' उनले भने । पाण्डेले बाढीपीडितको तथ्यांक तत्काल निकाल्न वडाका जनप्रतिनिधि र प्रहरीलाई निर्देशन समेत दिएका छन् ।

उपमहानगरका अन्य वाढीपीडितलाई पनि तत्काल राहत वितरण गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिकाले बाढीवाट मृत्यु भएकी भगवती सुनारका परिवारलाई तत्काल किरिया खर्च स्वरुप १० हजार रुपैयाँ उपलब्ध गराएको छ ।

यस अघि पुर्व सिचाई मन्त्री नेपाली काग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले मृतक सुनारको परिवारलाई २५ हजार राहात उपलब्ध गराएका थिए ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100