MENU

अमेरिकी नाकावन्दीको बिरोधमा इरानले आणविक निर्माण कार्यक्रममा बजेट बढायो

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 2436 पटक पढिएको

Share This

तेहरान : इरानले आणविक क्षेत्रप्यास्त्र तथा यससम्बन्धी कार्यक्रम निर्माणका लागि राष्ट्रिय बजेटमा वृद्धि गरेको छ ।

इरानको संसद्ले आइतबार सो निर्णय गरेको समाचारमा जनाइएको छ । प्राप्त समाचारअनुसार इरानको संसद्ले यस कार्यक्रमका लागि ५२ करोड २० लाख अमेरिकी डलर बराबरको बजेट छुट्टाइएको छ ।

यो रकम अमेरिकाले हालै लगाएको इरानमाथिको नाकाबन्दीको विरुद्धमा बढाइएको जवाफ इरानले दिएको छ । इरानका सभामुखले आइतबार सो बजेट वृद्धिको घोषणा गरेका हुन ।
इरानी सभामुख अलि लारिजानीले भने,‘अमेरिकनहरुले यो बुझ्नुपर्छ कि यो बजेट वृद्धिको काम हाम्रो प्रारम्भिक काममात्र हो र अमेरिकनका विरुद्धमा हामीले यस्ता कार्य पनि गर्नेछौँ ।’
इरानको संसदमा भएको मतदानमा प्राय सबैजसो सांसदले अमेरिकाका विरुद्धमा यो कार्यक्रम लक्षित रहेको बताएका छन् । उनीहरुले आतङ्कवादका विरुद्धमा भनेर पनि अरु केही बजेट बढाएको बताएका छन् । गत जुलाई महिनामा अमेरिकाले इरानको आणविक कार्यक्रमका विरुद्ध नाकाबन्दीको घोषणा गरेको थियो । रासस/एएफपी

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100