MENU

रौतहटमा बाढीले बगाएर नौ जनाको मृत्यु, ३० हजार घरमा क्षति

635x90

फणि महत आइतवार, साउन २९, २०७४ 3509 पटक पढिएको

Share This

रौतहट : रौतहटमा बाढीले बगाउँदा आइतबार दिउँसो सम्ममा नौ जनाको मृत्यु भएको छ। केही व्यक्ति हराइरहेका छन्। सुत्केरी बेथा लागेकी एक महिलालाई स्वास्थ्य संस्था लैजाने क्रममा रौतहटमा एकै परिवारका ६ जनाको बाढीले बगाएर मृत्यु भएको छ।

राजपुर फरहदवा गाउँपालिका–३ स्थित दमारचौक नजिकका बाढीले बमनहरको बाँधकटान गरेको बाढीमा उनीहरु चढेको जीप बगाउँदा ६ जनाको मृत्यु भएको हो। जिल्लाकै परोहा गाउपालिका–३ का ३५ वर्षीय चन्दन किशोर यादवसहित उनकी २७ वर्षीया श्रीमती सर्मिला यादव, ५४ वर्षीया आमा सुमित्रादेवी, ३८ वर्षीया भाउजू ललिता देवी , २५ वर्षीय भतिजा सरोज यादव र ५ वर्षीया छोरी छोटुकुमारीको घटनास्थलमै ज्यान गएको स्थानीय शेख वकिलले जानकारी दिए।

यस्तै आइतबार दिउँसो इसनाथ गाउँपालिका ९ का १४ वर्षीया सकिल देवान, देवाहीगोनाही २ का ६५ वर्षीया जोगिया देवी, दुर्गाभगवती ६ की ४० वर्षीया कोसिला देवीको बाढीले बगाएर मृत्यु भएको छ। ५ जना बाढीमा हराइरहेको रौतहटका डीएसपी नविनकृष्ण भण्डारीले जानकारी दिए।

राजपुरमा रहेको स्वास्थ्य केन्द्रमा सु्त्केरी गराउन उनीहरु भारतीय नम्बरको जिपमा चढेर आएका थिए। चालक र अर्का एक व्यक्ति भने जीप बाट हाम्फालेर बाचेका थिए। लगातारको वर्षाले रौतहटमा विद्युत, टेलिफोन, मोबाइल तथा इन्टरनेट सेवा प्रभावित छ।

जिल्लाको करिब ८० प्रतिशत भूभाग डुवानमा परेका छन्। सदरमुकाम गौरका मुख्य बजारहरु डुवानमा परेका छन्। जिल्ला प्रहरी कार्यालय, अदालत, कारागार, जिल्ला प्रशासन कार्यालय, मालपोत लगायत तीन दर्जनभन्दा बढी सरकारी कार्यालय समेत डुवानमा परेका छन्। कार्यालयको तत्लो तलामा पानी जमेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

जिल्ला कारागारका एकसय भन्दा बढी कैदीलाई माथिल्लो तलामा सारिएको छ। गौरमा १० देखि १५ फिटसम्म पानी जमेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविककृष्ण भण्डारीले जानकारी दिए।

जिल्लामा १० हजार भन्दा बढी घरमा पूर्ण क्षति पुगेको र ३० हजार भन्दा बढी घरमा बाढीले क्षती पुर्याएको स्थानीय प्रशासनको अनुमान छ। क्षतिको विवरण आइरहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

माधवनारायण, देवाहीगोनाही, कटहरीया, दुर्गाभगवती, गुजरा, बृन्दाबन, गढीमाइ, फतुवा बिजयपुर, मौलापुर, बौधिमाई, परोहा ,इशानाथ, राजपुर गाउपालिकाका अधिकाश बस्तिहरु डुवानमा परेका छन्।

चादी, लमाहा, गुजरा, झांझ, अडुवा, लालबकैया नदीमा आएको बाढी बस्तीमा पसेको छ। बागमती नदीमा पनि पानीको बहाव बढेको छ। स्थानीय प्रशासन संग उद्धार गर्ने साधनश्रोत नहुँदा हजारौ मानिसहरु ढुवानक्षेत्रमा नै बस्न बाध्य छन्।

हजारौँ मानिसहरु राहात र उद्धारको पर्खाइमा रहेका छन्। सरकारले राहात र उद्धारमा ढिदा गरेको भन्दै पिडितहरुले आक्रोस पोखेका छन्।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100