MENU

बाढीपीडितलाई निशुल्क टेलिफोन सेवा

635x90

अन्नपूर्ण आइतवार, साउन २९, २०७४ 4749 पटक पढिएको

Share This

काठमाडौं : स्मार्ट टेलिकमले बाढी प्रभावित जिल्लाका पीडितलाई निशुल्क टेलिफोन सेवा उपलब्ध गराएको छ। बाढी प्रभावित क्षेत्रमा सूचनाको सहज पहुँचका लागि निशुल्क टेलिफोन सेवा उपलब्ध गराएको जानकारी स्मार्ट टेलिकमले दिएको छ ।

बाढी प्रभावित क्षेत्रमा आइतबारदेखि नै स्मार्टदेखि स्मार्टको नेवटर्कमा फोन गर्दा तथा सन्देश पठाउँदा कुनै शुल्क लाग्दैन । यसैगरी बारा, पर्सा, रौतहट, चितवन, नवलपरासीलगायतका जिल्लाका ३० विभिन्न स्थानमा निशुल्क टेलीफोन बुथसमेत राखेको छ ।

बुथबाट स्थानीय बासिन्दाले आफूले चाहेको स्थान र नेटवर्कमा फोन गर्न पाउनेछन् । बाढी पहिरोका कारण टेलीफोन नेटवर्क नभएका स्थानमा सूचना आदान प्रदानका लागि सहयोग पुग्ने अपेक्षा स्मार्ट टेलिकमले गरेको छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100