MENU

बर्षाले उदयपुर डुबानमा

635x90

भरत खड्का आइतवार, साउन २९, २०७४ 3290 पटक पढिएको

Share This

गाईघाट: दुई दिन देखिको लगातारको बर्षाले उदयपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। जिल्ला सदरमुकाम गाईघाट र आसपासका क्षेत्रहरु डुबानबाट बढी प्रभावित भएका छन्।

गाईघाट बजार डुबानमा परेपछि बजारका सबै पसल बन्द छन्। बजार क्षेत्रको संगमटोल, शिबालयटोल, दुर्गाटोल, नयाँबसपार्क, पुरानो गाईघाट क्षेत्र पुरै डुबानमा परेका छन्।

सदरमुकाम छेउको त्रियुगा नदी र बरुवाखोलामा बाढी उर्लिएको छ। बाढीले नदी छेउछाउ कटानको उच्च जोखिम बढाएको छ भने बाढी खेतमा पसेकाले धानबाली नष्ट भएको छ।

स्थानीय प्रशासनले बाढीका कारण हुने सक्ने सम्भावित विपत्तिलाइ मध्यनजगर गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तयारी अवस्थामा राखेको छ ।

National College 220X220Pix Ad for Annapurna

प्रतिकृया दिनुहोस

Annapurna Post1140X100