५० भन्दा बढी पुल जोखिममा

५० भन्दा बढी पुल जोखिममा

काठमाडौं : नियमित मर्मत नहुँदा जोखिममा रहेका रणनीतिक महत्वका ५० भन्दा बढी पुल बाढी तथा डुबानका कारण झनै जोखिममा परेका छन् । महेन्द्र राजमार्गको पलथैलाबाट ढल्केवरसम्मका सबै पुल जोखिममा छन् । यीबाहेक देशभरका राष्ट्रिय राजमार्गका पुल उच्च जोखिममा छन् ।

सडक विभागअन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पूर्वको रातु खोलाको पुल र इटहरीको लबी खोलाको पुल भाँचिएर यातायात अवरुद्ध भएको छ । नुवाकोट बट्टारको पुल, बुटवल नारायणगढको नारायणी पुल, बुटवलको तिनाउँ खोलाको पुल उच्च जोखिममा छन् । यातायात नै अवरुद्ध भएकादेखि बाढीपहिरोले थप जोखिममा पारेकासहित यस्ता पुललाई प्रतिस्थापन गरी नयाँ नै बनाउनुपर्ने थापाले जानकारी दिए ।

महाशाखाका अनुसार अहिलेसम्म नयाँ बनाउनुपर्ने गरी जोखिममा परेका पुलमा बुटवल-नारायगढको नारायणी पुल, बुटवलको तिनाउँ पुल, हेटौंडा-नारायगढ सडकको लोथर पुल, पूर्वमा रातु खोला पुल छन् । पुल भाँचिएका र तत्काल विकल्प खोज्नुपर्ने यस्ता पुलका कारण यातायात अवरुद्ध छन् ।
रातु खोलाभन्दा चार किमि पश्चिममा पर्ने जंघा खोलाको पुलमा पनि बाढीले ल्याएको रूख तथा अन्य अवरोध देखापरेको छ । पथलैयाबाट १४ किमिको धन्सार खोला पुलमा अवरोध आएको छ । पथलैयाबाट पाँच किमिको दूरीमा रहेको दुधौरा खोलामा पनि अवरोध छ ।

विभागका अनुसार झापाको कन्काई पुल, हेटौंडाको राप्ती खोला पुलमा समस्या देखिँदा राजमार्ग अवरुद्ध छ । दाउन्नेबाट बुटवल खण्डको ४४ किमिमा कल्भर्ट बाढीले थुनिएको छ ।
दाङको तुल्सीपुरबाट लहमीतर्फको बाटोमा पनि कल्भर्टमा क्षति पुगेको छ । पूर्व-पश्चिम राजमार्गको अगैया खोला पुल पनि अवरुद्ध छ । यही सडक ढाबर खोलाले क्षति पुगेको छ ।

रौतहटमा पनि एक कल्भर्ट बाढीले बगाएको छ । मोरङमा सडक अवरुद्ध छ । महोत्तरीको गौर जाने बाटोमा पानीको निकास दिन स्थानीयले सडक नै काटेका कारण पनि यातायात अवरुद्ध छ ।
महेन्द्र राजमार्गमा मात्र ३४ वटा पुल नयाँ बनाउन विश्व बैंकमार्फत आवश्यक रकमको जोहो गर्न लागिएको छ । उक्त सडकमा १५ अर्ब खर्च गरेर भएका पुल विस्थापन गरी नयाँ बनाउनुपर्ने भएको छ ।

सडकको चौडाइ नौ मिटर रहेको तर पुल भने जम्मा पाँच मिटरको मात्र भएको, जोखिममा परेका र यसअघि विस्थापन गर्ने भनेर तयारी भएका पुल नयाँ बनाउनुपर्नेछन् ।

मुग्लिन-नारायगढ खण्डमा डेढ दर्जन पहिरो

सडक विभागका सूचना अधिकारी रमेशकुमार सिंहका अनुसार मुलिग्न- नारायणगढ सडकखण्डमा मात्र डेढ दर्जन पहिरो गएको छ । उक्त सडकमा साना-ठूला गरी आइतबार बेलुकासम्म १६ स्थानमा पहिरो गएको सिंहले बताए । पहिरो आइरहेकाले तीन दिनदेखि सडक अवरुद्ध छ ।
मुग्लिन-नारायगढ सडकका संयोजक तथा सडक विभागका इन्जिनियर सञ्जयकुमार श्रेष्ठले सडक विस्तारको काम भइरहेकाले जनशक्ति र इक्विपमेन्ट तयारी अवस्थामा रहेको बताए ।

६ सय पुल जोखिममा

सरकारले निर्माण गरेका २२ सय पुलमध्ये ६ सयवटा पुल जोखिममा परेका छन् । हालसम्म निर्माण भएका पुलको सरदर आयु ५० वर्ष भएको र देशभर ६ सयभन्दा बढी पुल ४० वर्ष पुगिसकेकाले जोखिममा रहेको सडक विभागको मर्मत महाशाखा प्रमुख सरोज प्रधानले बताए । जोखिम बढ्दै गएका यस्ता पुल पूर्व-पश्चिम राजमार्ग, अरनिको, सिद्धार्थसहित देशभरका सडकमा छन् ।

विभागले पुल मर्मतका लागि गत वर्ष २ अर्ब ३५ करोड बजेट पाएको थियो भने यो वर्ष ३ अर्ब ५० करोड विनियोजन भएको छ । यो रकमबाट नयाँ पुल निर्माण र पुरानाको मर्मत गर्नुपर्नेछ ।
विभागका महानिर्देशक गोपाल सिग्देलका अनुसार ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् । ठूलो मात्रामा सडक नबिग्रिएको भए पनि लगातारको वर्षाले अवरुद्ध भएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.