प्रतिनिधि सभाका लागि जोशी सर्वसम्मत

काठमाण्डौ:नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्रराज जोशी आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि काठमाण्डौ क्षेत्र नं ८ बाट उम्मेदवार सिफारिस भएका छन्। कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमितिले जोशीको नाम सर्वसम्मत सिफारिस गरेको हो। संविधान सभाको निर्वाचनमा दुर्इ पटक निर्वाचित जोशी यस क्षेत्रका लोकप्रीय नेताका रुपमा चिनिन्छन्।
सोही क्षेत्र अन्तर्गत प्रदेश (ख) को उम्मेदवारको लागि कांग्रेसले काठमाण्डौं जिल्ला सदस्य अमिन पाण्डेको नाम पनि केन्द्रमा पठाएको छ। पाण्डे दुई दशकदेखि राजनीतिमा क्रियाशिल छन्।
प्रतिक्रिया दिनुहोस !
