तीन दिनदेखि डोटी जिल्ला अस्पताल ठप्प

तीन दिनदेखि डोटी जिल्ला अस्पताल ठप्प

सिलगढी (डोटी) : जिल्ला अस्पताल डोटी तीन दिनदेखि ठप्प रहेको छ। आकस्मिक बाहेक सबै सेवा बन्द छन्। आइतबार जिल्ला अस्पताल डोटीका डाक्टर जितेन्द्र सिंहलाई बिरामीका आफन्तले कुटपिट गरेपछि बन्द गरिएको हो।

अस्पतालमा काममा खटिरहेको बेला कुनै कारणबिना बिरामीका आफन्तले गालि–गलौज गर्दै हातपात गरेको थियो। डाक्टर सिंह अस्पतालकै कोठामा काम गरिरहेको बेला चार जानको समूहले धम्काउँदै आक्रमण गरेका थिए। आक्रमणबाट डाक्टर सिंहको शरीरमा चोट लागेको छ। विशेषगरी उनको मुख, गिजा तथा दाँतमा समेत चोट लागेको छ। आक्रमणकारीले झ्याल तथा ढोकाका सिसा समेत तोडफोड गरेका छन्।

सोही घटनाले गर्दा आफुहरु असुरक्षित भएको भन्दै अस्पताल परिवारले आकस्मीक सेवा बाहेक अन्य सेवा बन्द गरेको हो। बन्दका कारण अहिले अन्य बिरामीहरु मर्कामा परेका छन्।

कानुन अनुरुप कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा डाक्टरले उनीहरुको नाममा सार्वजनिक मुद्दा दायर गरेको छ। कुटपिटमा संलग्न बिजय विष्ट, टेकबहादुर विष्ट, हिक्मत विष्ट र अरुण महतको नाममा मंगलबार सार्वजनिक मुद्दा हालेको हो। अहिले कुटपिट गर्ने चारै जान प्रहरी हिरासतमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.