दमकल छैन भद्रपुर विमानस्थलमा

दमकल छैन भद्रपुर विमानस्थलमा

भद्रपुर : नियमित उडान हुन थालेको २६ वर्षमा पनि भद्रपुर विमानस्थलमा आवश्यक पूर्वाधारका निर्माण भएको छैन। विमानस्थलमा अहिले पनि वारुणयन्त्र छैन। नियमिति उडान गर्ने विमानस्थलमा वारुण यन्त्र अनिवार्य मानिन्छ।

दुई वर्षदेखि विमानस्थलमै जहाजले इन्धन भर्दै आएका छन्। यसका लागि इन्धन भरिएका आयल निगमका ट्यांकर विमानस्थल परिसरमा लोड अनलोड हुन्छन्। इन्धन रिफ्युलिङका लागि भद्रपुर विमानस्थलमा तीन वटा भाउजर राखिएको छ।

तीनवटा भाउजरमा २८ हजार लिटर हवाई इन्धन भण्डारण क्षमता छ। निगमले हवाई इन्धन भण्डारणका लागि रिफ्युलिङ सेन्टर स्थापना गरेपछि बारुणयन्त्र र अग्नि नियन्त्रक जनशक्तिको आवश्यकता झन् बढेको भद्रपुर विमानस्थल कार्यालयका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिए।

‘सुरक्षाभन्दा पनि क्षति न्यूनीकरणमा वारुणयन्त्र प्रयोग हुन्छ। बारुणयन्त्रको विकल्प अहिले विमानस्थलमा केही पनि छैन्’, विमानस्थल प्रमुख चुँडालले भने, ‘दुई चार महिनाभित्रै बारुणयन्त्र र अग्नि नियन्त्रक जनशक्ति व्यवस्थापन गर्ने तयारी गरिरहेका छौं।’

‘रिफ्युलिङ सेन्टर स्थापना भएपछि झन् यसको आवश्यकता बढेको छ’, विमानस्थल प्रमुख चँुुडालले भने, ‘विमानस्थलमा हुन सक्ने आगलागीका घटना नियन्त्रण गर्न पनि वारुणयन्त्र अनिवार्य चाहिन्छ।’

यात्रुको सामान जाँचका लागि भर्खरै एक्सरे मेसिन राखिए पनि विमानस्थल कार्यालयले मेटल डिटेटर मेसिन अझै प्रयोगमा ल्याएको छैन। त्यसको व्यवस्थापन गर्ने तयारी भइरहेको चुडाल बताउँछन्। अत्याधुनिक प्रविधिको एक्सरे मेसिन सञ्चालनमा आएपछि यात्रुको झोला खोतल्नुपर्ने बाध्यता अन्त्य भएको छ।

२०४८ सालदेखि नियमित सञ्चालन हुँदै आएको भद्रपुर विमानस्थलमा अहिले दैनिक पाँचवटा हवाई कम्पनीले उडान भर्दै आएका छन्। भारतको सिक्किम, दार्जीलिङलगायत क्षेत्रबाट काठमाडौं र पोखरा जाने पर्यटकले पनि भद्रपुर विमानस्थललाई प्रयोग गर्दै आएका छन्।

यो विमानस्थलबाट दैनिक एक हजारको हाराहारीमा यात्रुको आवतजावत हुने गरेको छ। वुद्ध, यती, सौर्य, श्री एयरलाइन्स र नेपाल वायु सेवा निगमका जहाजले भद्रपुर विमानस्थलका लागि उडान भर्दै आएका छन्।

जग्गा अधिग्रहणको तयारी

भद्रपुर विमानस्थलले रनवे र ट्याक्सी वे विस्तारका लागि जग्गा अधिग्रहण प्रक्रिया अघि बढाएको छ। विमानस्थलको पूर्वतर्फ करिब १२ बिघा जग्गा अधिग्रहणको तयारी भइरहेको विमानस्थल प्रमुख चुडालले बताए। ‘अब अरु सबै काम सकियो। मुआब्जा मात्रै निर्धारण गर्न बाँकी छ’, उनले भने, ‘तीन महिनाभित्रै यो काम पनि पूरा हुन्छ।’

अधिग्रहण गरिएको जग्गामा जापानिज सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा कम भिजिवीलिटीमा पनि उडान गर्न सकिने ग्राउन्ड बेस उपकरण जडान गर्ने तयारी भइरहेको छ। आईएफआर प्रविधिमार्फत कम भिजिवीलिटीमा पनि विमान अवतरण गर्न सकिने भएको हो।

यसअघि भद्रपुर विमानस्थलमा भीएफआर प्रविधिबाट जहाज अवतरण हुने गरेको थियो। यसका लागि कम्तीमा पाँच किलोमिटरको भिजिबिलिटी आवश्यक पर्छ। आईएफआर प्रविधि जडान भएपछि अब भद्रपुर विमानस्थलमा १७ सय मिटरको भिजिबिलिटीमा जहाज अवतरण गर्न सकिन्छ। उपकरण व्यवस्थापनका लागि जाइकाले २५ करोड रुपैयाँ खर्चिन लागेको चुँडालले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.