पत्रकार श्रेष्ठले निर्देशन गरेको भिडियोमा धिरेन शाक्य र कमलाको रोमान्स
काठमाडौं : सोनी कार्कीको शब्द, प्रमोद प्रसाईं र सोनीको स्वर एवम् रिदम कँडेलको संगीत रहेको प्रेम गीत ‘जता हेर्छु केवल तिमी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
जसमा एक जमानाका लोकप्रिय स्टार धिरन शाक्यको अभिनय रहेको छ। लण्डनमा छायांकन गरिएको भिडियोमा नायक शाक्यलाई अभिनयमा इनास ग्लोबलकी वरिष्ठ उपाध्यक्ष कमला दाहालले साथ दिएकी छिन्।
जर्मनी बस्ने कमलाले तामिल, नेपाली र हिन्दी केही सिनेमामा अभिनय गरेकी छिन्। संचारकर्मी कुशल श्रेष्ठले निर्देशन, छायांकन र सम्पादन गरेको भिडियोमा लन्डनको मुटु लन्डन टावर ब्रीज, ग्रीनबीच आदि क्षेत्र देख्न सकिन्छ। भिडियोको डिजाइनर अन्जली केसी हुन् भने कोरियोग्राफी प्रभु गुरुङले गरेका छन्।
प्रतिक्रिया दिनुहोस !