MENU
जसलाई बुढ्यौलीले छुँदैन

सोमवार, जेठ १५, २०७४ 1129 पटक पढिएको

उमेरले नेटो काट्न लागिसक्यो । क्यालेन्डरले जाँगर नाप्ने हो भने त आराम गर्नुपर्ने हो उमेर । तर, भोजपुर पोखरेका विष्णुप्रसाद अधिकारीको जाँगरले उमेरका सीमा भत्काइसकेको छ । हेर्दा चाउरी परेको गाला, साधारण दौरासुरुवाल र ढाकाटोपीमा सजिएको ज्यान । नेपाली सरदर उचाइभन्दा केही अग्लो । ७६ वर्षे अधिकारीलाई ‘खुर्सानी बाजे' भनेर नचिन्ने सायदै नभेटिएला ।