MENU
चिकित्सकबाट क्षतिपूर्ति भराउने कानुन : स्वास्थ्यमन्त्री भन्छन् थाहै छैन

बिहीबार, असोज ५, २०७४ 686 पटक पढिएको

उपचारमा गल्ती गर्ने चिकित्सकबाटै बिरामी वा पीडित पक्षलाई क्षतिपूर्ति भराउने कानुन ल्याउने निर्णय स्वास्थ्यमन्त्रीको सहमतिविनै गरेको पाइएको छ । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले आफूलाई थाहै नदिई मन्त्रिपरिषद् बैठकबाट त्यस्तो निर्णय भएको भन्दै आपत्ति जनाएका छन् । पोखरेलले छलफलविना भएको निर्णय जायज नभएको टिप्पणी पनि गरे ।