MENU
'नेताज्‍यू, कहिलेबाट जहाज नियमित उड्छ?'

बुधवार, मंसिर ६, २०७४ 739 पटक पढिएको

३१ वर्ष लगाएर निर्माण भएको कोटवाडास्थित सुनथराली विमानस्थल सञ्चालनमा आएको छैन। एक वर्षअघि परीक्षण उडान गरियो तर विमानस्थल सञ्चालनमा आएन।पञ्चायतयता चार दशकदेखि यही विमानस्थल चुनावी एजेन्डा बनेको छ। विमानस्थल सञ्चालन नहुँदा अहिले मतदाता सार्वजनिक रूपमै आक्रोश पोख्न थालिरहेका छन्।