MENU
चीनसँगको एउटा मात्र नाका चार दिन बन्द

बिहीबार, मंसिर ७, २०७४ 1249 पटक पढिएको

 निर्वाचनमा सीमा सुरक्षालाई मध्यनजर गर्दै नेपाल–चीन प्रवेशका लागि सञ्चालनमा रहेको एकमात्र रसुवागढी नाका चार दिन सिल गरिने भएको छ । चीनतर्फको रसुवोपोर्टमा नेपाल र चीनका सुरक्षा अधिकारीबीचको द्विपक्षीय बैठकले प्रदेश तह तथा प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि रसुवागढी नाका चार दिन पूर्ण रुपमा सिल गर्ने निर्णय भएको छ ।