MENU
दिदीभाइका कवितामा समाजको चित्रण

सोमवार, मंसिर ४, २०७४ 333 पटक पढिएको

प्राज्ञ एनपी (नारायणप्रसाद) आचार्यले कवि राधिका गुरागाईको कवितासंग्रह 'प्रतिबिम्ब हराएको मान्छे' र गोकुल अधिकारीको कवितासंग्रह 'अक्षरको घर' ले वर्तमान समाजको चित्रण गरेको बताए। नेपाली लेखक संघ मोरङले शुक्रबार आयोजना गरेको दुई कृति चर्चाका क्रममा उनले दिदीभाईका कविताहरुमा बिम्बको अधिक प्रयोग भएकाले कतिपय कविताको भाव पक्ष ओझेलमा परेको औंल्याए।