सात महिनापछि लक्ष्यअनुसार राजस्व

सात महिनापछि लक्ष्यअनुसार राजस्व

 वीरगन्ज : वीरगन्ज भन्सारले साता महिनापछि लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । सात महिनासम्म लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको वीरगन्ज भन्सारले जेठमा भने लक्ष्यभन्दा २० प्रतिशत बढी संकलन गरेको हो ।

चालू आर्थिक वर्षको कात्तिकदेखि वैशाखसम्म लगातार सात महिना लक्ष्यअनुसार राजस्व संकलन हुन सकेको थिएन । जेठमा भने २ अर्ब ५२ करोड ४७ लाख ६८ हजार रुपैयाँ बढी राजस्व संकलन भएको भन्सारले जनाएको छ । भन्सार विभागले जेठमा १२ अर्ब ९ करोड ५३ लाख १८ हजारको लक्ष्य दिएकोमा १४ अर्ब ६२ करोड ८६ हजार रुपैयाँ राजस्व संकलन भएको जनाइएको छ ।

भन्सार करतर्फ ५ अर्ब २९ करोड २५ लाख ३८ हजार, मूल्य अभिवृद्धि करतर्फ ५ अर्ब ६८ करोड ५४ लाख ४३ हजार, अन्तःशुल्कतर्फ २ अर्ब ८१ करोड १४ लाख २५ हजार र पूर्वाधार करतर्फ ५८ करोड ११ लाख रुपैयाँ राजस्व संकलन भएको छ । वैशाखमा लक्ष्यको ९० प्रतिशत मात्र राजस्व संकलन भएको थियो । यस्तै, भन्सारले चैत, फागुन र माघमा पनि ९० प्रतिशत हाराहारी मात्र राजस्व असुली गरेको थियो । पुसमा भने सबैभन्दा कम राजस्व संकलन भएको भन्सारले जनाएको छ । विभागले पुसमा १० अर्ब ७५ करोड १३ लाख ९४ हजार रुपैयाँको लक्ष्य दिएकामा १ अर्ब ३४ करोड ७५ लाख ४९ हजार कम राजस्व संकलन भएको थियो ।

मंसिरमा पनि वीरगन्ज भन्सारले लक्ष्यभन्दा ६१ करोड कम राजस्व संकलन गरेको थियो । कात्तिकमा लक्ष्यभन्दा ३५ करोड ९९ लाख ८९ हजार रुपैया कम राजस्व संकलन भएको तथ्यांक छ ।

जेठमा नयाँ सवारी साधन, इन्धन र औद्योगिक कच्चा पदार्थ आयातमा वृद्धि भएपछि राजस्व असुली लक्ष्यभन्दा बढी भएको वीरगन्ज भन्सार प्रमुख सेवन्तक पोखरेलले बताए । यसका साथै नयाँ बजेट सार्वजनिक भएपछि करको दर तथा दायरा दुवै वृद्धि भएका कारण पनि यसले राजस्व संकलनमा सकारात्मक प्रभाव परेको उनले बताए । ‘जेठमा राजस्व संकलनमा वृद्धि हुनुमा अर्को पनि कारण छ’, उनले भने, ‘आयातकर्ता र व्यापारीले करको दर परिवर्तन हुन्छ भनेर बजेट आउनुभन्दा पहिले धेरै मालसामान आयात गर्छन्, यसले पनि जेठमा राजस्व संकलन अरु महिनाभन्दा राम्रो हुन्छ ।’ एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएका कारण आयात–निर्यातमा सहजता भएकाले पनि जेठमा राजस्व संकलनमा सकरात्मक प्रभाव परेको उनको भनाइ छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.