टिपरको ठक्करबाट तीन विद्यार्थी गम्भीर घाइते

टिपरको ठक्करबाट तीन विद्यार्थी गम्भीर घाइते

मलंगवा : सर्लाहीको बरहथवा नगरपालिका ३ हजरिया झिँयाही टोलमा टिपरको ठक्करबाट तीनजना विद्यार्थी घाइते भएका छन्। दुर्घटनामा स्थानीय मुनलाइट बोर्डिङ स्कुलको कक्षा १० मा अध्ययनरत बागमती नगरपालिका ७ राजघाटका अनिल साह, कौडेनाका राजीव यादव र सिरहा गोलबजारका रोहन थापा घाइते भएका हुन्।

बुधवार दिउँसो गाउँको भित्री सडकमा बा ४९ प ७२५ नम्बरको मोटरसाइकलमा चढेर हिँडिरहेका बेला ना ७ प २२८६ नम्बरको को ग्राभेल बोकेको टिपरले उनीहरुलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ। घाइतेलाई बरहथवामा सामान्य उपचार गरी चितवनको भरतपुर रेफर गरिएको छ। टिपरका चालक र टिपरलाई नियन्त्रणमा लिइएको बरहथवाका प्रहरी निरीक्षक आमोदकुमार खेरवारले जानकारी दिए। 

दुर्घटनापछि आक्रोशित बनेका गाँउलेले टिपर र त्यसका चालकमाथि आक्रमणको प्रयास गरेको थियो। दुर्घटना स्थलमा चालकविरुद्ध स्थानीयको आक्रोश व्यक्त गरेपछि कडा सुरक्षामा चालक र टिपरलाई बरहथवा ल्याएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.