उखु किसानले पाएनन् भुक्तानी

उखु किसानले पाएनन् भुक्तानी

महोत्तरी : गौशालाका उखुु किसान अजयकुुमार सिंहले एभरेस्ट चिनी मिलमा ६६ दिन अघि सबै उखुु आपूर्ति गरे । उनले चिनीबाट तीन लाख ६७ हजार लिनुु पर्नेछ ।उखुु बुुझाएको ३० देखि ४५ दिनसम्ममा उद्योगले भुुक्तानी दिने सम्झौता थियो तर अहिलेसम्म दिएको छैन ।

यो समस्या अजयको मात्र हैन, मिलमा उखुु बुुझाउने महोत्तरी, धनुुषा, सिरहा, सर्लाही, रौत्तहट, बारा, पर्साका करिब १५ हजार उखुु किसानको हो । भुुक्तानीको माग गर्दै किसानले हालै चिनी मिलको ढोकामा  धर्ना दिए ।

एक साताभित्र भुुक्तानी दिलाउने भन्दै संघीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले धर्नास्थल पुुगेर किसानलाई धर्नाबाट पछि  हटाए । मन्त्रीले आश्वासन दिएको दुुई साता भयो । न चिनी उद्योगले भुुक्तानी नै गर्रयो, न त मन्त्रीले भुुक्तानीकोलागि पहल नै गरे । मन्त्रीको आश्वासन पनि उखुु किसानको लागि ‘लालीपप’ जस्तै भयो ।

अजयले दुुई विघामा उखुु लगाएका थिए । उखुु बेचेको रकम समयमा आउनेमा उनी ढुुक्क थिए । ‘त्यसै अनुुसार ऋण लिएर घरव्यवहार धानियो,’ उखुु बुुझाएको महिनौं भयो, एक रुपैंया पनि पाइएन’ उखुु खेती गर्न र गुुजारा चलाउन उनले एक वर्ष अघि बैंकबाट ऋण लिएको बताउँदै उनले भने, ‘बैंकले ऋण बुुझाउन पत्रचार गरिसक्यो, पैसा छैन ।’

सरकार, उखुु किसान प्रतिनिधि र चिनी मिल मालिकबीच त्रिपक्षीय सहमतिमा उखुु बुुझाएको ४५ दिनभित्र भुुक्तानी दिने सम्झौता थियो । तर, मिल मालिकले सम्झौता पालना गरेनन् । किसानहरुले भुुक्तानीको माग गर्दै मिलमा लगाएको तला अझै खुुलेको छैन, मिलको सम्पूर्ण कामकाज ठप्पै छ ।

उखुु उब्जाउनुुभन्दा चिनी मिलमा उखुु आपूर्ति र भुुक्तानी लिनै किसानहरु आन्दोलित हुुनुु परेको छ । ‘उखुु उब्जाउन पसिना बगाउनुु पर्छ भने भुुक्तानी लिन रगतै बगाउनुुपर्छ,’ भरतपुुरका उखुु किसान मनुु अधिकारीले भने ।’ किसानको भुुक्तानी नदिने उद्योगीलाई जेल हाल्छुु भनेका संघीय उद्योग मन्त्री यादवको बोली कहाँ हरायो भन्दै उनले आक्रोश व्यक्त गरे, ‘उद्योगीले उखुु किसानलाई ठगिरहदाँ उद्योग मन्त्री कहाँ गए ? ’

वर्षभरीको मेहेनतले चार विघा उखुु खेती गरेका गौशाला नवराजपुुरका उपेन्द्र महतो पनि उखुुको भुुक्तानी नपाउँदा समस्यामा परेका छन् । उनले झन्डै ८ लाख बराबरको १६ ट्रली उखुु मिलमा बुुझाएका छन् । ‘खेती गर्न, कटानी र ढुुवानीका लागि पनि साहुुकै भरपरियो,’ उनले भने, ‘उखुुको रुपैंया नआएकोले बर्षभरिको अन्नपात पनि खरिद गर्न सकिएन ।’

सर्लाहीको विसरपुुरका उखुु किसान किसुुनदेव महतोलाई उखुुको गुुलियो ‘रस’ अमिलो लगेको छ । पाँच विघामा फस्टाएको उखुु हेरेर राम्रो आम्दानी हुुने सोंचेका थिए । उखुु ढुुवानी गर्न मिलले सुुरुमै चलना पुुर्जी नदिएर दुुःख दियो । उनको उखुु सुुक्यो । अन्तिम समयमा बल्ल उखुु कटानी गरेरे मिलमा बुुझाए । तर, वर्षभरी उब्जाएको उखुुको रकम मिलले दिन आनाकानी गरेको छ,’ उनले सुुनाए ।

धान रोप्ने सिजन आइसकियो । किसानलाई धान रोप्न मलखाद जुुटाउन, खेतालालाई ज्याला दिन हातमा रुपैंया छैन् । यता उखुुको भुुक्तानी किसानले पाका छैनन् । अर्को बाली लगाउन नपाउने हो कि भन्ने पीरमा हजारौं किसान परेका छन् ।छोरोछोरीको स्कूल शुुःल्क, विवाहबारी, घरव्यवहार धान्न कठिन बनेको किसान बताउँछन् । रामनगरका उखुु किसान रुद्रबहादुुर आलेले छोराछोरी पढाएको स्कूल ‘फी’ पनि तिर्न नसकेको बताए ।

नेपालकै ठूलो चिनी उद्योगको रुपमा रहेको एभरेष्ट चिनी मिलले मात्रै भुुक्तानी रोकेको उखुु उत्पादक महासंघको केन्द्रीय सदस्य माहाशंकर थिङ्गले बताए ।एभरेष्ट चिनी मिलले उखुु खरिद वापतको १ अर्व ७७ करोड ९९ लाख ७२ हजार ६ सय ५७ रुपैया किसानलाई तिर्न बाँकी छ । मिलले २०७४ पुुस ७ गतेदेखि चैत्र २४ गतेसम्ममा किसानबाट ४२ लाख ५९ हजार ७ सय ४४ क्वीन्टल उखुु खरिद गरेर चिनी उतपदन गरेको थियो ।

प्रति क्विन्टल ५ सय ३१ रुपैया २० पैसाका दरले मिलले किसानलाई पुुस महिनाभित्रको ८ लाख ८० हजार क्विन्टलको मात्र भुुक्तानी मात्र दिएको छ । उत्पादित चिनी बिक्री नभएको कारण उखुु किसानहरुको भुुक्तानी दिन नसकिएको एभरेष्ट चिनी मिलका उखुु प्रबन्धक पवनकुुमार झाले दावी गर्छन् ।

‘उखुुको सम्पूर्ण भुुक्तानी नपाएसम्म आन्दोलन जारी रहन्छ,’ उखुु उत्पादक कृषक संघ रामनगर महोत्तरीका अध्यक्ष नरेशसिंह कुुशवाहाले भने ‘उद्योगीले आन्दोलनको स्वर नसुुने गाउँदेखि केन्द्रसम्म आन्दोलन चर्काउँछौं ।’

उखुु किसानको समस्या समाधान गर्न सरकारले उखुु विकास बोर्ड गठन गर्र्नुु पर्ने उखुु उत्पादक कृषक महासंघका अध्यक्ष कपिलमुुनि मैनालीले जनाए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.