‘प्रेमी’द्वारा युवती अपहरण

‘प्रेमी’द्वारा युवती अपहरण

वीरगन्ज : वीरगन्ज महानगरपालिका–७ कुम्हाल टोलकी २३ वर्षीया युवती नेहा कर्ण अपहरणमा परेको ११ दिन बितिसक्दा पनि भेटिएकी छैनन्। नेहाको खोजीमा प्रहरीले चासो नदेखाएको उनका अभिभावकले गुनासो गरेका छन्।

गत जेठ २७ मा आमा रुबीसँग रक्सौलबाट रेलमा दरभंगा जाँदै गरेका बेला रेलबाटै नेहा अपहरणमा परेकी हुन्। नेहालाई छिमेककै युवा महम्मद फारुखले अपहरण गरेको नेहाका अभिभावकको आरोप छ। नेहासँग जबरजस्ती बिहे गर्नका लागि फारुखले उनलाई अपहरण गरेर लगेको नेहाका मामा विजय कर्णले बताए।

‘नेहालाई फारुखले एकोहोरो मन पराउँथ्यो, छिमेकमै भएका कारण घरमा पनि आउजाउ गथ्र्यो’, नेहाका मामा विजयले भने ,‘तर नेहाले उसलाई मन पराउँदैनथी। ऊ भने एकोहोरो नेहासँग नजिक हुन खोज्थ्यो।’

नेहा अपरहणबारे उजुरी दिएको एक साता बितिसक्दा पनि जिल्ला प्रहरीले खासै चासो नदेखाएको नेहाका मामा विजयले गुनासो गरे।

प्रहरीले फारुखको मोबाइल कल डिटेल निकाल्न तीन–चार दिन लाग्ने अनि मात्रै अनुसन्धान अगाडि बढ्ने जनाएको विजयले बताए।


जसले एकतर्फी प्रेम गथ्र्यो, उसले अपरहण गरेको अभिभावकको आरोप

उनका अनुसार नेहा बेपत्ता भएको तेस्रो दिन फारुखले मोबाइलबाट फोन गरेर नेहा आफूसँगै रहेको खबर गरेका थिए। फारुखले नेहालाई लिन पर्साको पोखरिया नजिकको गाँउमा आउन भनेका थिए। फोनमा नेहाले पनि कुरा गरेको उनले बताए।

जेठ ३० मा फारुखले भनेको पोखरियामा रहेको लुम्बिनी विकास बैंक नजिक जाँदा मोटरसाइकलमा अर्का एक युवासँगै रहेका फारुख आफूहरूलाई देख्ने बित्तिक्कै भागेको पनि विजयले सुनाए।

‘हामीलाई देख्ने बित्तिक्कै फारुख मोटसाइकलमा फरार भयो’, विजयले भने ,‘त्यसलगत्तै उनको मोबाइल बन्द भयो, अहिलेसम्म मोबाइल खुलेको छैन।’

यसैबीच ११ दिनदेखि अपहरणमा परेकी नेहाको उद्धारका लागि प्रहरीलाई दबाब दिन बुधबार वीरगन्जमा प्रदर्शन गरिएको छ।

पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने नेहाको खोजीका लागि प्रहरी लागिरहेको बताए। प्रहरी उपरीक्षक ढकालले भने, ‘पोखरिया क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरेका छांै अन्य शंकास्पद ठाँउमा पनि खोजी भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.