बजेट सक्न भ्याइनभ्याइ

बजेट सक्न भ्याइनभ्याइ

राजविराज : असार मसान्तका बेला विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय तह र संघसंस्थाका प्रमुखहरूलाई एकै दिन पाँच÷छ वटा कार्यक्रममा भ्याइनभ्याइ हुँदा भत्ता छुट्ने चिन्ताले पिरोलेको छ।

सहभागीहरूलाई भागदौड कम होस् भनेर कतिपय आयोजकले एकै ठाउँमा दुई वटा ब्यानर झुन्ड्याएर वा पालैपालो कार्यक्रम सम्पन्नसमेत गर्ने गरेका छन्। धेरै ठाउँका कार्यक्रममा सहभागी हुनुपर्दा हतारमा कार्यक्रम सकिने र गम्भीर रूपले छलफल नहुने गरेको सहभागीहरू नै बताउँछन्। गृह मन्त्रालयको सूचीमा बाढीको प्राइम जोनमा रहेको सप्तरीमा बाढी पूर्वानुमान, पूर्वतयारी, कार्यविधि निर्माण तथा कृत्रिम अभ्यासका लागि तयार भएका कार्यक्रमसमेत औपचारिकतामै सीमित हुने गरेको सरोकारवालाहरूको गुनासो छ।

संयुक्त राष्ट्र संघ विश्व खाद्य कार्यक्रमको सहयोगमा गृह मन्त्रालयले राजविराजमा आयोजना गरेको कार्यक्रममा चार प्रकारका भत्ता रकम वितरण भएपछि सहभागीहरूले नै विभेद भएको भन्दै असन्तुष्टि जनाए। आयोजकले सहभागीबीच विभेद गरेको कोसीपीडित समाजका देवनारायण यादवले बताए। ‘पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्य सञ्चालन विधि मस्यौदाको छलफल तथा कृत्रिम अभ्यास कार्यक्रम’ मा सहभागीहरूलाई पाँच हजार, तीन हजार पाँच सय, एक हजार पाँच सय र एक हजार गरी चार प्रकारका भत्ता वितरण गरिएको सहभागीहरूले बताए। करिब ७५ जना उपस्थित सो कार्यक्रमका सहभागीलाई फरकफरक व्यवहार गरिएको भन्दै उनीहरूले आपत्ति पनि जनाए। कार्यक्रममा सहभागी प्रजिअसहित सुरक्षा निकायका प्रमुखका साथ आएका चालक र प्रहरीहरूलाई सबैभन्दा कम एक हजार भत्ता दिइएको थियो।

सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आफूले कार्यक्रमको संयोजन मात्र गरेकाले भत्ता वितरणको विषय जानकारी नभएको बताए। तर, उदयपुर र सदरमुकामबाहिरबाट आउने सहभागीलाई यातायात खर्च बढी दिनुपर्ने भएकाले केही तलमाथि भएको हुन सक्ने उनले बताए।

प्रदेश १ को उदयपुर र प्रदेश २ को सप्तरीका सरोकारवालासहित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत प्रतिनिधिलाई कार्यक्रममा बोलाइएको थियो। तर, अधिकांश स्थानीय तहका प्रमुख कार्यक्रममा सहभागी हुन सकेनन्। आर्थिक वर्षको समाप्तसँगै काम सक्नुपर्ने चटारो र राजविराजमै एकै दिन चार वटा औपचारिक कार्यक्रममा स्थानीय निकायका प्रमुखहरू बाँडिएकाले कार्यक्रम प्रभावकारी नभएको एक प्रतिनिधिले बताए।

नदी नियन्त्रणका लागि भइरहेका कामसमेत गुणस्तरयुक्त नभएको नदी तटीय क्षेत्रका सर्वसाधारण बताउँछन्। भत्किएका बाँध मर्मत हुन नसकेको र भएका कामसमेत प्रभावकारी हुन नसक्दा यस वर्षको बाढीले सप्तरीमा ठूलो क्षति गर्न सक्ने प्राविधिकहरू बताउँछन्।

चुरे क्षेत्र हुँदै बग्ने महुली, खाँडो, जितालगायत दर्जन बढी खहरे खोलामा आउने बाढीका कारण सप्तरीमा बर्सेनि जनधनको क्षति हुँदै आएको छ। गत वर्ष साउनमा आएको बाढीका कारण सप्तरीमा पाँच जनाले ज्यान गुमाए भने एक हजार चार सय ८९ परिवार विस्थापित भएका थिए। २५ वटा घर पूर्णरूपमा र सात सय ४२ घरमा आंशिक क्षति पुग्नुका साथै बालीनाली, पशु चौपाया, भौतिक पूर्वाधार गरी डेढ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको थियो।

विश्व खाद्य कार्यक्रमको सहयोगमा गृह मन्त्रालयले राजविराजमा आयोजित कार्यक्रमका सहभागी। मनोहर पोखरेल


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.