गायक झाको घरमा करेन्ट लागेर मजदुरको मृत्यु

गायक झाको घरमा करेन्ट लागेर मजदुरको मृत्यु

राजविराजः प्रसिद्ध पाश्र्व गायक उदितनारायण झाको हनुमाननगर कंकालिनी–१ भारदहस्थित घरमा करेन्ट लागेर बिहीबार एक मजदुरको मृत्यु भएको छ । घर मर्मत गरिरहेका भारतको सुपौल जिल्ला काचौटपट्टी–६ का २५ वर्षीय सञ्जीव यादवको करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

सप्तरी प्रहरी प्रमुख एसपी मुकेशकुमार सिंहका अनुसार गायक झाको दुईतल्ले घरमा तेस्रो तल्ला निर्माणका लागि पिलर राख्ने क्रममा नजिकै रहेको ३३ हजार भोल्टको बिजुलीको तारमा करेन्ट लागेर यादवको मृत्यु भएको हो ।

घरको छतमाथि निक्लिएको फलामको बाङ्गो रडलाई सीधा पार्न खोज्दा तारमा छुन जाँदा करेन्ट लागेको स्थानीय भुपदेव मालीले बताए । शवलाई भारदहस्थित अस्पतालमा राखिएको छ ।

होलीका बेला गत फागुनमा एकसाता भारदह बसेर भारत गएका गायक झा कान्छी पत्नी दीपा गहतराजसँग मुम्बईमा बस्छन् भने झाकी जेठी पत्नी रन्जना भारदहस्थित घरमा बस्छिन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.