बाढीमा परी मृत्यु हुनेका परिवारलाई ५० हजार दिने घोषणा

बाढीमा परी मृत्यु हुनेका परिवारलाई ५० हजार दिने घोषणा

जनकपुर : प्रदेश २ को सरकारले बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई जनही ५० हजार रुपैयांँ दिने भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु रावतले बुधबार पत्रकारसँगको भेटघाटका क्रममा यस्तो घोषणा गरेका हुन। 

बाढीका कारण हालसम्म मृत्यु भएका र आगामी दिनमा पनि कसैको मृत्यु भएमा राहतस्वस्प प्रदेश सरकारले सो रकम उपलब्ध गराउने मुख्यमन्त्री रावतले जानकारी दिए । 

प्रदेशभित्रको क्षतिको विवरण संकलन गरेर राहत कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार लागेको रावतले बताए ।  केही दिनेदेखिको अविरल वर्षाका कारण आएको बाढीले हालसम्म प्रदेश २ मा तीन जनाको मृतयु भइसकेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.