न्याय माग्दै सडकमा निर्मलाका आमा-बुबा (फोटो फिचर)

न्याय माग्दै सडकमा निर्मलाका आमा-बुबा (फोटो फिचर)

काठमाडौं : देशभर बढिरहेका बलात्कारका घटनामा संलग्नलाई कारबाही गर्न र पीडितलाई न्याय दिन सरकार  चुकेको भन्दै राजधानीमा प्रदर्शन भएको छ। ‘निर्मलाका निम्ति न्याय’ नाममा काठमाडौंको माइतिघरमा युवाले स्वतःस्फुर्त विरोध र्‍याली गरेका हुन्। 

शनिबार १ बजेदेखि सुरु भएको प्रदर्शनमा युवाले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिकालाई न्याय दिन माग गरेका छन्। ५२ दिन बितिसक्दा पनि निर्मलाको बलात्कार र हत्यामा संलग्न पत्ता लगाउन नसकेको भन्दै र्‍यालीका सहभागीहरूले सरकारको चर्को विरोध गरे।

काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको र्‍याली नयाँ बानेश्वरतर्फमा आएर कोणसभामा परिणत भएको हो। कोणसभालाई निर्मलाका बुबा यज्ञराजलगायतले सम्बोधन गरे।

शनिबार राजधानीसहित देशका विभिन्न क्षेत्रमा विरोध प्रदर्शन भएको छ। तस्बिर : दीपेन श्रेष्ठ 



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.