सर्लाहीमा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते

सर्लाहीमा बस दुर्घटना, दुईको मृत्यु २३ घाइते

मलंगव : सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–२ मा बस दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्।

 
दुर्घटनामा परी मृत्यु हुनेहरुमा ईश्वरपुर नगरपालिका ९ का २६ वर्षीय नथुनी राय यादव र सोही ठाउँकी १९ वर्षीया अन्जु साह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। यादव र साहको घटना स्थलमै मृत्यु भएको हो। 

मलंगवाबाट ईश्वरपुर जाँदै गरेको ना २ ख ८००३ नम्बरको बस ब्रहम्पुरी २ महादेव पोखरी नजिक अनियन्त्रित भई पल्टिदाँ दुर्घटना भएको प्रहरीले जनाएको छ। 

बसको पट्टा भाँचिएर दुर्घटना भएको हो। पट्टा भाँचिदा यात्रुले बस रोक्न भन्दा चालकले बस नरोकेपछि दुर्घटना भएको घाइते भएका मनोज साहले बताए। ‘भनेको समयमा बस रोकेको भए दुर्घटना हुने थिएन्’, घाइते साहले भने, ‘चालकको लापरबाहीले दुर्घटना भयो।’

मृतकको शव अहिले सर्लाही अस्पताल मलंगवामा राखिएको छ। केही घाइतेको उपचार सर्लाही अस्पतालमा भइरहेको छ भने केहीको स्थानीय निजी अस्पतालमा उपचार भइराखेको छ। 
 

  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.