फुटबल खेल्ने क्रममा एकजनाको ज्यान गयो

फुटबल खेल्ने क्रममा एकजनाको ज्यान गयो

दमक : मोरङको बेलबारीमा फुटबल खेल्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगरपालिका–८ का १८ वर्षीय नारायण बस्नेत रहेका छन् । बेलबारी नगरपालिका–८ कदम चौकस्थित खाली जग्गामा फुटबल खेल्ने क्रममा बस्नेत अचानक बेहोस भएका थिए । 

शनिबार दिउँसो साढे बाह्र बजेको समयमा उनी घर नजिकैको खेल मैदानमा फुटबल खेल्न गएका थिए । फुटबल खेलिरहेका बस्नेत अचानक बेहोस भएर मैदानमै ढलेका थिए ।  बेहोस अवस्थामा नारायणलाई उपचारको लागि कोशी अस्पताल बिराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.