बिहान विद्यार्थी, दिउँसो सफारी चालक

बिहान विद्यार्थी, दिउँसो सफारी चालक

लक्ष्मीमार्ग(मोरङ)  : रीता कार्की १४ वर्षकी भइन् । मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग हो घर । नजिकैको लक्ष्मी माविमा कक्षा ९ मा पढ्छिन् । बिहान स्कुल जाने उनी दिनभरि सिटी सफारीको हेन्डिल घुमाउँदै यात्रु ओसार्छिन् । भन्छिन्, ‘पढाइ र परिवारको खर्च जुटाउन सिटी सफारी चलाउँछु ।’ घरछेउकै स्कुलमा बिहान ११ बजेसम्म पढेर फर्किएपछि सफारी चालकमा उनको भूमिका फेरिन्छ । पारिवारिक आर्थिक अवस्था कमजोर छ ।

सफारी चलाएर कमाएको केही पैसासँगै थकित मुहार लिएर साँझ घर फर्कनु उनको दैनिकी बनेको छ । यो दैनिकी बिहान–बेलुका घरको चुल्हो बाल्ने र आफू तथा भाइबहिनीका लागि पढाइखर्च जुटाउने उद्यम हो । दिनभरिको टन्टलापुर घाममा सफारी लिएर उनी लक्ष्मीमार्ग र आसपासका ठाउँको चक्कर लगाउँछिन् । ‘कति सानी नानीले चलाएको भन्दै सफारीमा चढ्ने यात्रुले पनि सहानुभूति व्यक्त गर्नुहुन्छ,’ उनले भनिन् ।

चार महिनादेखि सिटी सफारीसँग उनको सम्बन्ध गाँसिन पुगेको हो । ‘दैनिक पाँच सय रूपैयाँसम्म कमाइ हुन्छ,’ उनले भनिन्, ‘आधा पैसा खर्च हुन्छ, आधा जति जम्मा गर्ने गरेको छु ।’ मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गमा टाटीले बेरेको र खियाले खाएर मक्काइसकेको कर्कटपाताको छानो भएको उनको सानो झुपडी छ । माइतीले दिएको १० धुर जमिनमा बस्छिन्, जुना कार्की, रिताकी आमा । उनका चार छोरी र एक छोरा छन् । जेठी र माइलीको विवाह भइसक्यो । साँहिली रिता हुन् । कान्छी नितु र छोरा मदन सँगै छन् । नितु ७ र मदन २ कक्षाका विद्यार्थी हुन् ।

रिताका बुवा दुर्गाबहादुर घरबाहिरै हुने भएकाले परिवारको आर्थिक भार पनि जुनाको काँधमा छ ।

‘माइतीले दिएको एक कठ्ठा जग्गामध्ये १० धुर बेचेर श्रीमानलाई सफारी किनिदिएकी थिएँ’, जुनाले भनिन्, ‘केही समय उहाँले कुदाउनुभयो, पछि छाड्नुभयो ।’ अहिले दुर्गाबहादुर बाहिर मिस्त्रीको काम गर्छन् । बुवाले छाडेको सफारी सुरुमा माहिली छोरीले कुदाइन् । अहिले साँहिली छोरी हाँक्दैछिन् । ‘मलाई सफारी चलाउन आउँदैन,’ जुनाले भनिन्, ‘छोरी सानी भए पनि उसले सफारी नचलाए हाम्रो मुखमा माड नै नलाग्ने अवस्था छ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.