कारबाही माग गर्दै शव बुझ्‍न इन्कार

कारबाही माग गर्दै शव बुझ्‍न इन्कार

जाजरकोट : अवैध मेडिकल सञ्चालकलाई कारबाही माग गर्दै आफन्तले शव बुझ्न मानेका छैनन् । छेडागाड नगरपालिका–५, थलहबजारस्थित जयलक्ष्मी मेडीको फर्ममा उपचार गर्न गएकी छेडागाड १०, नल्फुकी ३८ वर्षिया पन्चकला नाथ योगीको स्वास्थ्यकर्मीको लापरवाहीले ज्यान गएको भन्दै पीडितले शव बुझ्न नमानेका हुन् ।

सामान्य ज्वरोको उपचारका लागि गएकी ती महिलाको मेडिकल सञ्चालक तिलक बोहराको लापरवाहीले ज्यान गएको आफन्तको आरोप छ । उनको मेडिकलसमेत अवैध भएकाले घटना जटिल बन्दै गएको छ । मेडिकल सञ्चालकलाई शुक्रबार नै प्रहरीले पक्राउ गरेर अनुसन्धान थालिसकेको छ । तर, मेडिकल सञ्चालक पक्षले आर्थिक लेनदेनमा घटना गुपचुपमै मिलाउने प्रयास गरिरहेका छन् । घटना मिलाउन नेतासमेत सक्रिय भएको बताइएको छ ।

मेडिकलमा नभई घर जाने क्रममा ती महिलाको मृत्यु भएकाले उपचारमा कुनै लापरवाही नभएको मेडिकल सञ्चालक पक्षको भनाइ छ । पीडित पक्षले मेडिकलमा ज्वरोको तीन वटा सुई लगाएको केही घण्टामै मृत्यु भएकाले उपचारमा लापरवाही भएको भन्दै क्षतिपूर्ति र कारबाही माग गरिरहेको छ । उपचारमा लापरवाही गरेर बुहारीको ज्यान गएको ससुरा सेतुनाथ योगीले बताए । उनले भने, ‘बुहारीलाई ज्वरो आएको र सामान्य छाती दुख्ने समस्या भएपछि बिहीबार थलबजारकोे उक्त मेडिकल लगेका थियौं । मेडिकल सञ्चालक बोहराले चेक गरेपछि एकै पटक ३ वटा सुई लगाइदिए, औषधि खान दिए । केही समयपछि घर लैजाने क्रममा बुहारी एक्कासि बेहोस भइन् । बुहारीको होसै नखुली मृत्यु भयो ।’ उचित क्षतिपूर्ति र अवैध मेडिकल सञ्चालक बोहरालाई कारबाही नगरेसम्म लास नउठाउने उनले बताए ।

पाँच वर्षअघि पतिको मृत्यु भएपछि एकल जीवन बिताइरहेकी योगीका २ छोरा र एक छोरी छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । सुर्खेतस्थित जयलक्ष्मी मेडीको फर्मको नामबाट बोहराले थलहबजार लामो समयदेखि अवैध रूपमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.