नेवानिमा फेरि कार्यकारी विवाद

नेवानिमा फेरि कार्यकारी विवाद

काठमाडौं : जहाज थपसँगै गति समाउन थालेको नेपाल वायुसेवा निगममा फेरि कार्यकारी विवाद हुने भएको छ। वायुसेवा निगमको कार्यकारी पदमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई हटाएर नयाँ अध्यक्ष पठाउने सरकारले तयारी थालेपछि विवाद बढ्ने देखिएको हो। मन्त्रिपरिषद्ले शुक्रबार निगम सञ्चालक समिति सदस्यमा पूर्वमहाप्रबन्धक मदन खरेललाई नियुक्त गरेको छ। उनलाई अध्यक्ष बनाउन गरिएको यो नियुक्तिसँगै निगममा कार्यकारी विवादको ढोका सरकार आफैले खोल्दै छ।

वायुसेवा निगमको कार्यकारी अध्यक्ष बनाउन खरेललाई ल्याएको छ। पर्यटन मन्त्री रविन्द्र अधिकारीले निगम सञ्चालक समितिका अध्यक्ष रहेका पर्यटन सचिवलाई फिर्ता गरेर हाललाई उनको स्थानमा नयाँ सदस्य नियुक्त गरेका छन्। सरकारले अबको बैठकबाट खरेललाई अध्यक्ष बनाउने तयारी गरेको छ।

नेपाल वायुसेवा निगम ऐन २०१९ ले निगमको कार्यकारी अध्यक्ष वा प्रबन्धक राख्ने व्यवस्था गरेको छ। यो व्यवस्थाअनुसार निगम सञ्चालक समितिका सदस्यबाटै कार्यकारी अध्यक्ष तथा उपाध्यक्ष बनाउन सकिनेछ। यो ऐनले निगममा कार्यकारी अध्यक्ष वा प्रबन्ध निर्देशक दुवै रहने उल्लेख छ। सरकारले यही व्यवस्थालाई टेकेर नयाँ सदस्य नियुक्त गरेर कार्यकारी बनाउन खोजेको हो। तर, यो व्यवस्था निगमका लागि घाँडो हुनेछ। निगम सञ्चालक समितिमा पर्यटन मन्त्रालय, अर्थ मन्त्रालय, निजी क्षेत्र र स्वतन्त्र विज्ञका रूपमा एक÷एक जना नियुक्त हुने गर्छन्। पर्यटन मन्त्रालको प्रतिनिधि सहसचिव रहेकाले अध्यक्षका रूपमा रहने सचिवलाई हटाएर बाहिरबाट नियुक्त गर्न खोजेको हो।

वायुसेवा निगमको कार्यकारी पदमा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारलाई हटाएर नयाँ अध्यक्ष पठाउने सरकारले तयारी थालेपछि विवाद बढ्ने देखिएको हो।

यसअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालको दबाबमा निगमको अध्यक्ष पदमा शिवशरण न्यौपानेलाई नियुक्त गरेको थियो। लामो विवाद र न्यौपानेले काम गर्न नसकेका कारण उनलाई हटाएर तत्कालीन पर्यटन सचिव सुरेशमान श्रेष्ठ निगम अध्यक्षमा गएका थिए। निगमको अध्यक्षमा त्यसपछि पर्यटनसचिव नै रहेने व्यवस्था रहेको भए पनि पर्यटन मन्त्री रविन्द्र अधिकारीले यो व्यवस्थालाई तोडेर फेरि अध्यक्ष पदमा बाहिरबाट नियुक्त गरेर कार्यकारी पदमा विवाद गराउने भएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.