जलविद्युुुुत्को केन्द्र बन्दै दोलखा

जलविद्युुुुत्को केन्द्र बन्दै दोलखा

चरिकोट : दोलखा जलविद्युुुुत् उत्पादनको केन्द्र बन्दै गएको छ। जलविद्युुुुत् उत्पादनका लागि सहज भौगोलिक अवस्था, काम गर्ने वातावरण, पहुुुुँच मार्ग, लगानी सुुुुरक्षण, जलविद्युुुुत् चेतनामा भएको अभिवृद्धिलगायत कारण यस्तो वातावरण बनेको हो। जिल्लाभित्र निर्माण सम्पन्न भई उत्पादन सुुुुरु भइसकेका ६ वटा जलविद्युुुुत् आयोजना र निर्माणाधीन एक दर्जन आयोजना रहनुुले पनि दोलखा जलविद्युुत् केन्द्रका रूपमा रहँदै आएको पुष्टि हुन्छ। हाल दोलखामा निर्माण सम्पन्न भएका आयोजनाबाट ७७.५३ मेगावाट विद्युुुुत् उत्पादन भएको छ।

देशकै सबैभन्दा सस्तो र स्वदेशी लगानीमा निर्माणाधीनमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी, ६ सय ३० मेगावाटको तामाकोसी–३, ८७ मेगावाटको तामाकोसी पाँचौं, ६० मेगावाटको किर्ने–१, ४९ मेगावाटको खिम्ती–१, ४० मेगावाट क्षमताको खानीखोला–१, ९ दशमलब ९ मेगावाटको सिप्रिङखोला, २५ मेगावाटको सिंगटीखोलालगायत गरी करिब १६ सय मेगावाट जलविद्युुुुत् आगामी ५ देखि ७ वर्षमा उत्पादन हुुनेछ। नेपालमा उत्पादन गर्न सकिने जलविद्युुुुत्मध्ये दुुई हजार तीन सय मेगावाट दोलखा जिल्लामा मात्रै उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएको छ।

जलस्रोतका दृष्टिकोणले नेपालकै दोस्रो धनी जिल्लाको रूपमा रहेको दोलखाको कुुल २१९१ वर्ग किलोमिटर क्षेत्रफलमध्ये पानीले ढाकेको क्षेत्र ७०६८ हेक्टर अर्थात तीन दशमलव ३० प्रतिशत छ। जिल्लाको मुुुुख्य तामाकोसी नदीको विभिन्न बेसिन तथा सहायक खोलाहरू रोल्वालिङ, सिंगटी, खानी, खारे, दोल्ती, गुुुुमुुुु, गोपी, घ्याङ, अँधेरी, चर्नावती, खिम्ती, मिल्तीखोलालगायत बेसिन दोलखामा उत्पादन हुुुुने जलविद्युुुुत्का मुुख्य स्रोत हुुुुन्। यी खोला, नदीहरूबाट उत्पादन हुुुुने जलविद्युुुुत् आयोजनामा करिब एक हजार दोलखालीले दीर्घकालीन रोजगारी पाउने आँकलन गरिएको छ।

६३७ मेगावाटका आयोजना निर्माणाधीन

दोलखामा हाल करिब ६३७ मेगावाटका १० आयोजना निर्माणाधीन छन्। निर्माणाधीन आयोजनामध्ये बिगू गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन राष्ट्रिय गौरबको आयोजना माथिल्लो तामाकोसी जलविद्युुुुत् आयोजना सबैभन्दा ठूलो ४५६ मेगावाट छ। गौरीशंकर गाउँपालिका–७, मार्बुुुुमा रहेको ४० मेगावाटको खानीखोला–१ को काम ८१ प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको आयोजनाले जनाएको छ। यस्तै ३० मेगावाटको खानीखोला जलविद्युुुुत् आयोजनाको काम पनि द्रुुुुत गतिमा अगाडि बढिरहेको बताइएको छ। बिगू गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको सिमानामा रहेको २५ मेगावाट क्षमताको सिगटीखोला जलविद्युुुुत् आयोजनाले आर्थिक वर्ष २०७५/७६ भित्र विद्युुुुत् उत्पादन सुुुुरु गर्ने आयोजनाले जनाएको छ।

४८ मेगावाट क्षमताको खिम्ती–२ को निर्माण सुुुुरु भएको छ। यसैगरी दोलखामा निर्माणाधीन अन्य आयोजनामा उपल्लो खिम्ती पहिलो १२ मेगावाट, उपल्लो खारेखोला ११ मेगावाट, उपल्लो खिम्ती दोस्रो ६ मेगावाट, घट्टेखोला ५ मेगावाट छन्। निर्माणाधीन आयोजनाका अतिरिक्त लप्चीखोला १६० मेगावाट, माथिल्लो लप्चीखोला ५२ मेगावाट, खारेखोला २५ मेगावाट तथा सुुुुरीखोला ७ मेगावाटको पीपीए सम्पन्न भइसकेको छ। पीपीए सम्पन्न भइसकेका आयोजनाहरू निर्माण कार्य छिट्टै सुुुुरु गर्ने आयोजनाका प्रवद्र्धक कम्पनीको भनाइ छ।

१४२० मेगावाटका लागि सर्भे लाइसेन्स

विद्युुुुत् विकास विभागको पछिल्लो तथ्यांकअनुुुुसार १४२० भन्दा बढी कुुुुल उत्पादन क्षमताका १३ भन्दा बढी आयोजनाले विभिन्न क्षमताको विद्युुुुत् सर्भे अनुुुुमति लिएका छन्। दोलखाका विभिन्न नदीहरूमा रन अफ रिभर तथा जलासययुुुुक्त आयोजनाका लागि विभिन्न कम्पनीले सर्भे लाइसेन्स लिएका हुुुुन्। सर्भे लाइसेन्स लिनेमा जलासययुुुुक्त तामाकोसी तेस्रोको पुुनः सर्भे अनुुमति टीबी होल्डिङ कम्पनीले लिएको छ। ६ सय ५० मेगावाट क्षमताको तामाकोसी तेस्रोको डीपीआर समेत नर्वेजियन कम्पनी स्टेटक्राफ्ट नरकन्सल्टले तयार गरिसकेकोमा सो कम्पनीले आयोजना छोडेपछि अहिले टीबीआई एसएस होल्डिङ कम्पनीले पुुनः सर्भे अनुुुुमति लिएको हो।

दोलखामा दुुई हजार तीन सय मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना छ।

यस्तै दोलखा र रामेछापमा संरचना निर्माण हुुुुने ठोसे–खिम्ती ६ सय मेगावाटको जलासययुुुुक्त आयोजनाको पनि सर्भे अनुुुुमति दिइएको छ। सर्भे अनुुुुमति प्राप्त अन्य प्रस्तावित आयोजनामा २० मेगावाटको साङ्खोला, १० मेगावाटको घ्वाङखोला, ७ मेगावाटको गुुुुरुम्फिखोला, ६ मेगावाटको झ्याँकुुुुखोला, ६ मेगावाटको तल्लो चर्नावती, ५÷५ मेगावाटका स्याँखुुुुखोला, टेबुुुुखोला र घट्टे खोला (श्यामा) र ३ मेगावाटको कोट्खोलालगायत छन्।

स्थानीयलाई सेयर दिने

जलविद्युुुुत् आयोजनामा स्थानीयलाई सेयर लगानीको अवसर दिने नजिर दोलखाबाट सुुुुरु भएको हो। रािष्ट्रय गौरबको आयोजना माथिल्लो तामाकोसी जलविद्युुुुत् आयोजनाबाट स्थानीयलाई सेयर लगानीको अवसर दिन सुुुुरु भएको हो। माथिल्लो तामाकोसीको प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीले २०६४ माघ १५ गते अन्तिम रुप दिएको प्रबन्धपत्रमा आयोजना प्रभावितलाई १० प्रतिशत सेयर लगानीको सुुुुनिश्चितता गरेको थियो। माथिल्लो तामाकोसीको व्यवस्थालाई टेकेर चिलिमे जलविद्युुुुत् आयोजनाले रसुुुुवाबासीलाई १० प्रतिशत सेयर वितरण ग¥यो। तर आयोजना प्रभावित र सर्वसाधारणलाई सेयरको सुुुुनिश्चितता गर्ने धितोपत्र ऐन २०६३ मा कुुुुनै पनि व्यवस्था थिएन। धितोपत्र ऐन २०६३ को संशोधित ऐन २०७३ मा त्यसलाई सुुुुनिश्चित गरिएको छ। हाल जलविद्युुुुत् आयोजनाले नजिर र संशोधित ऐनअनुुुुसार प्रभावितलाई १० प्रतिशत सेयर दिने प्रावधानले कानुुुुनी मान्यता प्राप्त गरेको छ।

जलविद्युुुुत् पर्यटनको सम्भावना

जलविद्युुुुत् पर्यटनको दृष्टिले पनि दोलखा उत्कृष्ठ गन्तव्यको रूपमा विकसित हुुुुँदै गएको छ। स्वदेश तथा विदेशका जलविद्युुुुत्सँग सम्बन्धित सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल तथा भू–गर्भसम्बन्धी अध्ययन गर्ने विद्यार्थी तथा जलविद्युुुुत् उत्पादनका क्षेत्रमा चासो राख्नेहरू आयोजनाका संरचनाको अध्ययन गर्न आयोजनास्थलमा आउने गरेको विभिन्न आयोजनाको तथ्यांक छ। निर्माण भइसकेका र निर्माणाधीन दर्जनौं जलविद्युुुुत् आयोजना दोलखामा रहेकाले जलविद्युुुुत् पर्यटनको सम्भावना बढ्दै गएको जिल्लाका पर्यटन व्यवसायीको अनुुुुभव छ।

जलासययुुुुक्त तामाकोसी तेस्रोको निर्माण हुुुुने हो भने यसबाट दोलखाको पर्यटन विकासमा कायापलट हुुुुने दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुुुुन्दर कार्कीको भनाइ छ। पोखराले फेवातालले हजारौं पर्यटक आकर्षण गरेजस्तै दोलखाले पनि जलविद्युुुुत् उत्पादन गर्दा बन्न जाने तालबाट पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्न सक्ने सम्भावना रहेकाले यो आयोजना ६५० मेगावाट क्षमतामा नघटाई निर्माण गर्न माग भएको अध्यक्ष कार्कीले बताए।

४७ किलोमिटर लामो गोंगर–खिम्ती २२० केभी डबल सर्किट प्रसारणलाइन तथा सबस्टेसन निर्माणमा भएको ढिलाइका कारण उत्पादन गरेको विद्युुुुत् खेर जाने त्रासमा विद्युुुुत् उत्पादक छन्। विद्युुुुत् उत्पादनमा गरेको लगानी प्रसारणलाइनका कारण खेर जाने अवस्था आउन नदिन सम्बन्धित पक्षले गम्भिर ध्यान दिनुुुुपर्ने उनीहरूको माग छ। निर्माणाधीन आयोजना सम्पन्न तथा पीपीए भएका आयोजना निर्माण भईसकेपछि दोलखा जिल्ला जलविद्युुुुत् आयोजनाको विभिन्न पक्ष अध्ययन गर्ने विश्वविद्यालय बन्नेमा ढुुुुक्क रहेको आयोजनाका प्रवद्र्धक बताउँछन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.