गर्भवतीलाई प्रेसकिप्सनसँगै काउन्सिलिङ
एउटी नारी तब मात्र पूर्ण हुुन्छे जब ऊ आमा बन्छे। भनिन्छ– भगवान् पनि हर समय सँगै नहुुने भएरै हरेक घरमा आमालाई पठाएका हुुन् अरे। त्यसैले त सन्तानका लागि आमा भगवान्जत्तिकै महत्वपूर्ण र प्यारो हुुन्छ। आमा शब्द नै काफी छ। हुुन त सन्तानको हुुर्काइमा आमा र बुुबा दुुवैको उत्तिकै चासो र जिम्मेवारी रहने भए पनि सन्तानको आवश्यकता, पीडा र जिज्ञासालाई बाबुुले भन्दा आमाले बढी बुुझ्छन्। एउटी महिलाले आमा बन्दा अनगिन्ती पीडाहरू सहेकी हुुन्छे। यसैले पनि आमाको तुुलना कोही कसैसँग पनि गर्न सकिदैन।
आमा बन्नुु हर महिलाको भाग्यको कुुरा हो। पहिलोपटक आमा बन्नेहरूका लागि त हरेक पल विशेष हुुने गर्छ। महिला गर्भवती हुुँदा एउटै शरीरमा दुुईवटा जीवन चलिरहेको हुुन्छ। दुुईवटा धड्कन चलिरहेको हुुन्छ। त्यसैले पनि हरेक महिला यो पललाई विशेष मान्छन्। पहिलोपटक आमा बन्नेहरूका लागि गर्भवती भएको दिनदेखि नौ महिनासम्म शरीरमा विभिन्न प्रकारका परिवर्तन हुुने गर्छन्, जुुन नितान्त अनौठा हुुन्छन्। यो समयमा कहिले आफ्नो आउनेवाला सन्तानलाई लिएर उत्साहित हुुन्छन् त कहिले के होला कसो होला भनेर डर, त्रासले पनि मनमा डेरा जमाउँछ। पीडा पनि उत्तिकै हुुन्छ।
गर्भवतीपूर्व र गर्भवती भएपछिको जीवन पूर्णतया फरक हुुन्छ। जे मन लाग्यो त्यही खान पनि दुुईपटक सोच्नुुपर्ने हुुन्छ। हिजोसम्म आफ्नो मनलाग्दी खाने र हिँड्ने गरेको जीवनशैलीमा एक्कासि पेटमा हुुर्किरहेको शिशुुको सुुरक्षाका लागि सोचेर खाने र हिँड्ने गर्नुुपर्ने हुुन्छ। आमा बन्दैछुु, कतै यो खानेकुुराले मेरो बच्चाको स्वास्थ्यमा असर गर्ने त हैन ? कतै मेरो यो कामले बच्चालाई केही भइहाल्ने पो हो कि ? अनगिन्ती प्रश्न मन र दिमागमा घुुम्छन्। हलुुका र फूर्तिलो शरीर विस्तारै भारीपनले भरिंदै जान्छ। पीडाहरूको त कुुरै नगरौं। जतिजति दिन बित्दै जान्छन्, त्यतित्यति पीडा पनि थपिँदै जान्छ। हरेक दिन बान्ता हुुने, शरीर फुुलिने, टाउको दुुख्ने, शरीर आलस्य हुुने र फूर्तिलोपन नहुुने, बारम्बार पिसाब फेर्न जानुुपर्ने, कपडा फेर्नुुपर्दा अर्काको सहारा लिनुुपर्ने, राति निदाउँदा हुुने अप्ठ्यारा आदि समस्या यो बेलामा हुुन्छन्।
जिन्दगीकै नौलो समयावधिको अनुुभव लिन सकिने यो नौ महिनाको समय पहिलोपटक आमा बन्नेहरूका लागि जीवनमै बिर्सन नसकिने समयका रूपमा लिन सकिन्छ। यो बेलामा मनमा अनेक तर्कना, डर, उत्साह सबै खेल्ने गर्दछन्। पहिलोपटक आमा बन्नेहरूले पहिला नै आमा बनिसकेका वा आमाको अनुुभव लिइसकेकाहरू जस्तै आमा, काकी, दिदी बहिनी, साथीसँग सोधेर पनि धेरै जिज्ञासा मेटाएका हुुन्छन्। कतिपयले आआफ्नो अनुुभवका आधारमा यस्तो गर, यो खानेकुुरा खाऊँ, यो नखाऊँ भनेर सोध्छन्, जुुन केही हदका लागि मद्दतगार पनि हुुन्छ। तर सबै महिलाको शरीरको संरचना फरकफरक हुुन्छ। एउटालाई भएको कुुरा दोस्रोमा लागू नहुुन सक्छ। त्यसैले यो बेलामा आफूले चेकजाँच गराइरहेको डाक्टरको भनाइ नै आधिकारिक र सत्यपरक हुुन्छ।
डाक्टरकहाँ चेकजाँच गर्ने क्रममा गर्भवती महिलाले डाक्टरबाट धेरै अपेक्षा राखेका हुुन्छन्। डाक्टरले दिने सटिक बोली र सुुझावभन्दा अलिक डिटेलमा बुुझने गरी भन्दिए हुुन्थ्यो भन्ने अपेक्षा गर्भवतीहरूको हुुन्छ। सबै पढेलेखेका र चेतना भएका हुुँदैनन्। त्यसैले पनि डाक्टरको काउन्सिलिङ पक्षले यस बेलामा बढी महत्व राख्छ। डाक्टरलाई नै भगवान् मानिन्छ। हुुन त डाक्टर पनि सामान्य मानिस नै हुुन् तर पनि उनीहरूको ज्ञान र सीपले मानिसलाई बचाएका अनेकौं उदाहरण छन्। त्यसैले पनि हरेक बिरामीले आफूलाई वा आफ्नो जीवनलाई डाक्टरसामुु सुुम्पिएको हुुन्छ।
गर्भवती भएको दिनदेखि डेलिभरी नभइन्जेल अस्पताल नियमित जानुुपर्ने हुुन्छ। कति प्राइभेट त कति सरकारी अस्पताल जाने गर्दछन्। यो समयमा शरीरमा हरेक पल हर्मोन परिवर्तन भइरहेको हुुन्छ। यस बीचमा डाक्टर नै उनीहरूका लागि सबै कुुरा हुुन्छन्। पहिलोपटक आमा बन्नेहरूका लागि मनमा अनेक तर्कना आउने गर्छन्। के हुुँदैछ, कसो हुुँदैछ, के भएमा के गर्ने र के नगर्ने आदि। तर डाक्टरकहाँ जिज्ञासा लिएर जाँदा प्रेसक्रिप्सनमा नै बढी जोड दिइन्छ। प्रेसक्रिप्सन नदिनुु भन्न खोजेको हैन, तर डाक्टरले प्रेसक्रिप्सनसँगै बिरामीलाई काउन्सिलिङ दिन सके धेरै महिला आफ्नो अवस्थाबारे जानकार हुुन पाउने थिए। हुुन त सरकारी अस्पतालमा डाक्टरहरूलाई बोल्न पनि फुुर्सद हुुँदैन किनभने त्यहाँ कति भीड हुुन्छ भने केही सोध्न गएका बिरामी आफैं पनि के सोध्ने भन्ने बिर्सन्छन्, सोधिहाले पनि डाक्टरलाई एउटै बिरामीलाई लामो समय दिने फुुर्सद हुँदैन। त्यसैले अस्पतालमा जाँच गर्न पुुगेका कतिपय गर्भवतीहरू आफ्नो जिज्ञासा मनमै राखेर अस्पताल बाहिर निस्कन बाध्य हुुन्छन्। प्राइभेट अस्पतालमा चेकजाँच गर्नेहरूका लागि भने केही सहज होला, तर त्यो पहुुँच सबैको हुुँदैन। डाक्टरको प्रेसक्रिप्सन मात्र हैन, काउन्सिलिङको पनि उत्तिकै आवश्यकता पर्ने गर्दछ। यसमा डाक्टरले थोरै समय बढी दिएर भए पनि सबै कुुरा बुुझाउने हो भने उनीहरूको डरमा कमी आउने थियो र आत्मविश्वास पनि बढ्ने थियो।
दोस्रो बच्चाका लागि गर्भवती भएकाहरूका लागि त धेरै अनुुभव पहिल्यै भएको हुुन्छ। त्यसैले पनि सहज हुुन्छ तर पहिलो बच्चाको तयारी गरिरहेकाहरूका लागि भने यो समय जटिल मानिन्छ। शारीरिक रूपमा तन्दुुरुस्त रहे पनि मानसिक रूपमा अनेक विचार र डर आइरहेको हुुन्छ। त्यसैले डाक्टरकहाँ जाँदा उनीहरूको एउटा शब्दले नै उनीहरूको जीवनमा प्राण भरेको हुुन्छ।
स्वास्थ्यप्रदायक संस्थाहरूले पनि बेलाबेलामा गर्भवती हुुँदा कसरी आत्मबल बढाउने, के खाने, के नखाने, कस्तो अवस्थामा बच्चाको पोजिसनलाई सही मानिन्छ वा मानिँदैन, कस्तो अवस्थामा अस्पताल जानेलगायतका विषयमा सामूहिक रूपमा काउन्सिलिङ कक्षा महिनाको एकपटक मात्र राख्ने हो भने पनि धेरै महिलाको अनभिज्ञता हट्ने थियो। काठमाडौं थापाथलीस्थित प्रसूतिगृहले अब केही समयपछि काउन्सिलिङ कक्षा राख्नेबारे गृहकार्य भइरहेको जनाएको छ। अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमका अनुुसार गर्भवती महिलाको सहजताका लागि, उनीहरूको जिज्ञासा मेटाउने हिसाबले अस्पतालमै काउन्सिलिङ कक्षा दिनेबारे छलफल चलिरहेको छ। डाक्टर गौतमका अनुुसार अब अस्पतालमा गर्भवतीले छिट्टै काउन्सिलिङ कक्षाको सुुविधा लिन पाउनेछन्।
प्रत्येक अस्पतालमा यसबारे काउन्सिलिङ कक्षाको व्यवस्था गर्ने हो भने गर्भवतीमा गर्भावस्था एउटा सामान्य समयावधि मात्र हो भन्ने ज्ञान वृद्धि हुुनेछ। साथै यो अवस्थामा आफूलाई शारीरिक र मानसिक रूपमा कसरी तयार राख्ने भन्नेबारे पनि उनीहरू तयार हुुने थिए, जसले गर्दा आफू र आउने शिशुुको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्ने थियो। यस्तै गर्भवती भएका र गर्भधारण योजना बनाइरहेकाहरू पनि लाभान्वित हुुने थिए।