सडकमा भारतीय अवरोध

सडकमा भारतीय अवरोध

महेन्द्रनगर : कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा नेपालले आफ्नो भूमिमा निर्माण गर्न लागेको सडकमा एसएसबीले रोक लगाएको छ। टनकपुर बाँधको छेउ नजिकै आफ्नै भूमिमा नेपालले निर्माण गर्न थालेको सडकमा शुक्रबार भारतीय पक्षले रोक लगाएको हो। भीमदत्त नगरपालिका ९ ब्रम्हदेबदेखि टनकपुर जोड्ने सडक कालोपत्रे गर्ने कार्यमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको वडा अध्यक्ष राम नाथले जानकारी दिए।

‘केहि महिना अघि एक्लौटी रुपले त्यहाँ सडक बनाउन खोज्दा हामीले विरोध गरेर रोकेका थियौं’ उनले भने। ‘अहिले आफ्नै भूमिमा सडक निर्माणको काम गर्न खोज्दा भारतीय पक्षले अवरोध गरे।’ भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधपछि नेपाल पक्षले गर्न लागेको सडक निर्माणको काम रोकिएको छ।

‘दुवै देशको संयुक्त सर्भे टोली आएर सीमा निर्धारण भएपछि मात्रै टुंगो लाग्ने भारतीय पक्षको दाबी छ’ एसएसबीको अवरोधपछि निरीक्षण गर्न पुगेका प्रमुख जिल्ला अधिकारी शुसिल बैधले भने। ‘मार्च २७ मा भारतीय पक्षले लोकसभा निर्वाचनका विषयमा छलफल गर्न बैठक आब्हान गरेको छ, उक्त बैठकमा समेत यस विषयमा छलफल गर्ने छलफल भएको छ।’

भीमदत्त नगरपालिकाले आफ्नो क्षेत्रमा निर्माण गर्न लागेको एकसय ३५ मिटर सडकको काममा एसएसबीले रोक लगाएपछि सुरक्षा अधिकारीहरु स्थलगत निरीक्षणमा पुगेका थिए। त्यहाँ भारतको चम्पावतका एसडीएम, एसएसबीका कमान्डर सहित नेपाली सुरक्षा अधिकारीहरुले छलफल गरेका थिए। एसएसबीले उक्त क्षेत्र भारतमा पर्ने दाबी गर्दै आएको छ भने नेपाल पक्षले उक्त भूभाग आफ्नो भएको बताउँदै आएको छ।

स्थानीयवासीहरुले भने भारतले जर्बजस्ती उक्त भूभाग कब्जा गर्ने मनसायले पटक–पटक दुःख दिने गरेको बताए। ‘कहिले सडक निर्माण गर्दा त कहिले घर निर्माण गर्दा जहिले दुःख दिने काम भइरहेको छ’ ब्रह्मदेवकी स्थानीय निर्मला नेगीले भनिन्। ‘नेपाली पक्षको कमजोरीका कारणले सीमामा बस्ने नागरिकले दुःख पाइरहेका छन्।’

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि न्यू जोशी कन्सट्रक्सन प्रालिसंग ७३ लाखमा ठेक्का सम्झौता गरेको हो। शुक्रबार निर्माण कम्पनीले जेसीब सहित लिएर काम शुरु गर्न खोज्दा एसएसबी आएर रोकेको हो।

९ महिना अघि भारतीय पक्षले टनकपुर ब्यारेजदेखि ब्रह्मदेव बजारसम्म कालोपत्रे गर्ने भन्दै काम शुरु गर्न खोजेपछि नेपाली पक्षले विरोध गरेको थियो। नेपाली भूमिमा समेत सहमति नै नगरि सडक बनाउन खोजेपछि विरोध भएको थियो। नेपालीको विरोधपछि भारतीय पक्षले आफ्नो भूभागसम्म मात्रै सडक निर्माण गरेको छ। नेपाल– भारतको सीमा क्षेत्रमा रहेको ३ नम्बर पिल्लर लामो समयदेखी गायब छ। त्यसयता ३ नम्बर पिल्लर नजिकै पटक–पटक विवाद हुदै आइरहेको छ।

फोटो क्याप्सन : भारतीय पक्षको अवरोधपछि दुवै देशका सुरक्षा अधिकारीहरु स्थलगत निरीक्षण र छलफल गर्दै। तस्बीर : बिष्णु प्रसाद देबकोटा÷अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.