सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

सुदूरपश्चिम विश्वविद्यालयमा नेविसंघको तालाबन्दी

महेन्द्रनगर : सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अनिश्चितकालिन तालाबन्दी भएको छ।पदाधिकारी नियुक्ती गरिएको विषयलाई लिएर नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको हो । 

३ महिनादेखि विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाइरहेको अवस्थामा सरकारले गरेको निर्णयले विश्वविद्यालयको स्वायत्तता र सुदूरपश्चिम विश्वविद्यालयको ऐन नियमको अवमूल्यन गर्दै सर्वसत्तावादको चरित्र उदाङ्गो पारेको ठहर छ, नेविसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

सरकारको निर्णयले एकै विश्वविद्यालयको उपकुलपतिमा २ जना नियुक्त गर्नुले सरकार शिक्षा क्षेत्रप्रति कति उदासिन रहेको छ भन्ने छर्लङ्ग भएको नेविसंघले जनाएको छ। सरकारले आफ्नो गैर कानुनी निर्णय नसच्चाएसम्म आफूहरुको आन्दोलन जारी रहने र विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लगाइएको ताला नखोलिने निर्वतमान केन्द्रीय सदस्य तथा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय समिति संयोजक कैलाश चन्दले जानकारी दिए। 

उनले वर्तमान उपकुलपतिको पदावधि बाँकी रहँदै सरकारले उपकुलपति नियुक्त गरेको भन्दै आन्दोलनमा उत्रिएको बताए। उनका अनुसार वर्तमान उपकुलपति डा. भुषण श्रेष्ठको पदावधि नसकिदै सरकारले प्रा.डा.पूर्णबहादुर चन्दलाई उपकुलपतिको जिम्मेवारी दिएर नियुक्त गरेपछि नेविसंघ सुदूरपश्चिमाञ्चल विश्वविद्यालय समन्वय समितिले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएको बताए।

विश्वविद्यालय स्रोतका अनुसार अहिले सरकारले विश्वविद्यालयका उपकुलपति सहितका पदाधिकारीलाई काम गर्न रोक लगाएको छ।उद्यपी उनीहरुलाई बर्खास्त भने गरेको छैन्।वर्तमान उपकुलपतिको पदावधि आगामी भदौमा र रजिष्टारको पदावधि आगामी माघमा सकिदै छ। 
     
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.